काठमाडौं ।
पोल्यान्डका गोलकिपर वोजसेइच सिज्जेन्सीले अर्जेज्टिनाका फरवार्ड लियोनेल मेसीसँग १०० युरो बाजी हारेको खुलासा गरेका छन् ।
वुधबार राती नाइन सेभेन फोर रंगाशालामा सम्पन्न खेलको ३७ औं मिनेटमा सिज्जेन्सीले मेसीलाई पेनाल्टी बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।
तर, पेनाल्टी हो कि हैन भन्ने पक्का गर्न भीएआर हेर्न रेफ्री मैदान बाहिर गएका बेला सेज्जेन्सीले मेसीसँग पेनाल्टी हुँदैन भनेर बाजी राखेको बताए । तर, भिएआर हेरेपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए ।
खेलको ३९औं मिनेटमा मेसीले पेनाल्टीमार्फत गरेको प्रहार सेज्जेन्सीले उत्कृष्ट बचाउ गरेका थिए । ‘हामीले पेनाल्टी अघि कुरा गरेका थियौं । मैले मेसीलाई सय युरो बाजी राखौं रेफ्रीले पेनाल्टि दिँदैनन् भनेको थिए, त्यसैले मैले मेसीसँग हारे,’ उनले भने ।
समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनासँग २–० गोलको नतिजमा पराजित भएपनि पोल्यान्ड मेक्सिकोलाई गोल अन्तरमा पछि पार्दै अन्तिम १६ मा प्रवेश गरेको थियो ।अर्जेन्टिना समूह‘सी’ को विजेताको रुपमा र पोल्यान्ड उपविजेताको रुपमा अन्तिम १६ प्रवेश गरेको हो ।
यो पनि:
मेस्सी र युलियन अल्भारेजको गोलमा गएराति अष्ट्रेलियालाई २-१ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि खडेरी तोड्न अर्को कदम चालेको छ ।
अर्जेन्टिनाले अब क्वार्टरफाइनलमा नेदरल्याण्ड्स विरुद्ध खेल्नेछ । पूरा देशकै आशाको रुपमा रहेका मेस्सीलाई अब केही दिन आराम हुनेछ । उनी तीन गोल गर्दै जारी विश्वकपमा सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा अगाडि छन् ।
आफ्नो करियरको ७८९औं गोल गरेका मेसी भने, ‘अर्को पाइला अघि बढाएर, अर्को लक्ष्य हासिल गर्न पाउँदा म खुसी छु । यो निकै प्रतिस्पर्धात्मक र कठिन खेल थियो ।’
खेल सकिएको सिठ्ठी बजेपछि फ्यानहरू ‘मेस्सी, मेस्सी, मेस्सी’ भन्दै नारा लगाइरहेका थिए । जहाँ मेस्सी आफ्नो टोलीका साथीहरूसँग मिलेर उफ्रिरहेका थिए ।
मेस्सीले भने, ‘प्रशंसकहरूसँग उनीहरूको सुन्दर पल सेयर गर्न पाउँदा म साँच्चै खुसी छु । मलाई थाहा छ उनीहरूले यहाँ आउन कत्तिको मेहनत गरेका छन् र मलाई थाहा छ सम्पूर्ण अर्जेन्टिना यहीँ आउन चाहन्छ ।’