विश्वकप २०२२ मा कसले जित्ला गोल्डेन बुट? यी खेलाडी छन् प्रबल दाबेबार

काठमाडौं ।

कतारमा जारी फिफा विश्वकप २०२२ मा नकआउट चरणका खेल चलिरहेका छन् । अन्तिम १६ को खेलहरु चलिरहँदा यस पटक कुन खेलाडी सर्वाधिक गोलकर्ता बन्ला भन्ने चासो बढ्न थालेको छ ।

गोल संख्या र असिस्ट संख्या बराबर भएको खण्डमा कसले कम समय लियो भन्ने कुराले गोल्डेन बुटको दाबेदारी निर्धारण गर्छ ।

२०१८ को संस्करणमा इङ्ल्यान्डका कप्तान ह्यारी केनले ६ गोल गर्दै आफ्नो टिमलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए । र गोल्डेन बुट जितेका थिए ।  यसपालिको विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जित्न सक्ने खेलाडीबारे पढ्नुहोस् :

अल्भारो मोराटा (स्पेन):
स्पेनिस स्ट्राइकर अल्भरो मोराटाले समूह चरणको खेलमा तीन गोल गर्दै २०२२ को विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा छन् । उनले समूह ई मा रहेको स्पेनका लागि ३ गोल गरेका छन् । स्पेनले कोस्टारिकालाई ७–० ले पराजित गर्दा उनले खेलको पाँचौं गोल गरेका थिए ।

केलियन एम्बाप्पे (फ्रान्स):
फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले ३ खेलमा ३ गोल र १ असिस्ट गरेका छन् ।फ्रान्सका युवा फरवार्ड एम्बाप्पेले अष्ट्रेलियासँगको खेलमा १ गोल र डेनमार्कसँगको २–१ को जितमा दोस्रो र तेस्रो गोल गरेका थिए । उनकै गोलको आधारमा फ्रान्सले डेनमार्कलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

मार्कस रासफोर्ड (इङ्ल्यान्ड):
इङ्ल्यान्डका स्ट्राइकर मार्कसले विश्वकपमा ड्रिम स्टार्ट लिएका छन् । केही महिनाअघि फिटनेस र फर्म गुमाएका कारण टिममा नपरेका मार्कसले विश्वकपमा भने आफूलाई गोल्डेन बुटको दौडमा कायम राखेका छन् ।

म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कससँगै इङ्ल्यान्डका फिल फोडेन, ज्याक ग्रियालिस, बुकायो साका, राहेम स्टर्लिङ र जुड बेलिङहाम पनि गोल्डेन बुटको दौडमा छन् ।

कोडी ग्याक्पो (नेदरल्यान्ड्स):
डच फरवार्ड कोडी हालसम्म कतारमा एक सफल खेलाडीको रुपमा खेलिरहेका छन् । कारण हो उनको टिम नेदरल्यान्ड्स समूह एको विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो ।

अन्तिम १६ को खेलमा अमेरिकालाई ३–१ ले परिाजित गर्दै डच टिम क्वार्टर फाइनल प्रवेश गरेको छ । तथापी कोडीले भने उक्त खेलमा गोल गर्न सकेनन् । २३ वर्षीय कोडी क्लब फुटबलमा निकै प्रभावशाली खेलाडी हुन् ।

लियोनल मेसी (अर्जेन्टिना):
अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले आफ्नो अन्तिम विश्वकप खेल भनेर भन्दै गर्दा उनको खेलले भने उनलाई यसपालिको गोल्डेन बुट दौडमा कायम राखेको छ । ३५ वर्षीय मेसीले यस प्रतियोगितामा समूह चरणको पहिलो खेलमा साउदी अरेबिया विरुद्ध पेनाल्टी मार्फत गोल गर्दै २०२२ विश्वकपमा गोलको खाता खोलेका थिए ।

उनले त्यसपछि मेक्सिकोसँगको खेलमा एक गोल र शनिबार राति भएको अन्तिम १६ को अष्ट्रेलियासँगको खेलमा एक गोल गर्दै जम्मा ३ गोल र १ असिस्ट गरेका छन् ।

सात पटकका बालोन डी’ओर विजेताले क्लब फुटबलमा सफल रहे पनि उनले अहिलेसम्म विश्वकप जित्न सकेका छैनन् । त्यसैले मेसीले यस पटक विश्वकपको उपाधि उचाल्ने आशा समर्थकहरुले गरिरहेका छन् ।

उनका प्रतिद्वन्द्वी मानिएका पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले लगातार पाँचौं विश्वकपमा गोल गरेपछि गोल्डेन बुटको दौडमा सामेल हुने आश गरिएको थियो ।

ब्रुनो फर्नान्डेज (पोर्चुगल):
पोर्चुगलका मिडफिल्डर ब्रुनो फर्नान्डेजले उरुग्वेसँग २ गोल गर्दै आफूलाई गोल्डेन बुटको दौडमा राखेका छन्  पोर्चुगलले उरुग्वेमाथि ३–२ को जित निकाल्दा उनले २ गोल गरेका थिए ।

इनर भ्यालेन्सिया (इक्वेडर):
इक्वेडरका अल टाइम स्कोरर भ्यालेन्सियालले जारी विश्वकपमा ३ गोल गरेका छन् । ‘सुपरम्यान’ उपनाम पाएका भ्यालेन्सियाली फरवार्ड उनले विश्वकपको उद्घाटन खेलमा आयोजक कतारविरुद्ध २ गोल गरेका थिए । उनले तेस्रो गोल भने नेदरल्यान्ड्सँगको १–१ बराबरीमा गरेका थिए ।

उनको राम्रो लयका बावजुत पनि इक्वेडर समूह चरणबाटै बाहिरिएको छ । त्यसैले उनले गोल थप्ने संभावना छैन् ।

सम्बाददाता

Leave a Reply

Next Post

पब्जी विश्वकपमा नेपाली टिम डीआरएस गेमिङले मच्चायो तहल्का, फाईनलमा पुगेसंगै भयो पैसाको बर्षा

Sun Dec 4 , 2022
काठमाडौं । नेपाली पब्जी टिम डीआरएस गेमिङ पब्जी विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ को फाइनलमा प्रवेश गरेको छ । डीआरएसले ‘लास्ट चान्स’को अङ्क तालिकामा शीर्ष पाँचभित्र पर्दै अन्तिम चरणमा स्थान बनाएको हो । लास्ट चान्सका १२ खेलबाट ३८ एलिमिनेसन पोइन्ट र एक चिकेन डिनरसहित कुल १११ पोइन्ट […]

You May Like

error: