काठमाडौं।
आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज आईतबार दोस्रो खेल खेल्दैछ। दोस्रो खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ । नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।
यस सिरिजमा दुबै देश दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेल बर्षाले प्रभावित बनेपछि घरेलु टोलीसँग अंक बाडेको थियो ।आज नेपालले स्कटल्याण्डले पराजित गर्ने दाउमा हुने छ।आज नेपाल स्कटल्याण्डबीचको खेलको क्रममा वर्षाले प्रभावित पर्ने सम्भावना कम रहेको छ।
यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ ।
७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २१ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । स्कटल्याण्ड भने २९ खेलमा ४२ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।नेपालका कप्तान रोहित कुमार पौडेलले आज प्लेईङ-११ मा कुनै परिवर्तन गर्ने देखिएको छैन।नेपालले आज नेपालको ओपनरका रुपमा आसिफ शेख र अर्जुन साउद रहने सम्भावना रहेको छ ।
तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल तथा चौथो स्थानमा कप्तान रोहित पौडेल रहने पक्का जस्ती छ ।पाँचौ स्थानमा दीपेन्द्र सिंह ऐरीको सम्भावना रहँदा छैटौं नम्बरमा आरिफ शेखको सम्भावना रहेको छ ।सातौं स्थानमा कुशल भुर्तेल तथा आठौं स्थानमा सोमपाल कामीको सम्भावना रहेको छ ।
नवौ स्थानमा गुलशन झा तथा दशौं स्थानमा सागर ढकालको सम्भावना रहेको छ । अन्तिम स्थानमा ललित राजवंशी रहने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेइङ ११ :
आसिफ शेख, अर्जुन साउद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुलशन झा, सोमपाल कामी, ललित नारायण राजवंशी र सागर ढकाल ।
नेपालको टोली :
रोहित पौडेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर साह, नन्दन यादव