काठमाडौं।
पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।लुसिल स्टेडियममा मंगलबार राति स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम आठमा पुगेको हो ।
पोर्चुगललाई जित दिलाउन कान्सेलो रामोसले ह्याट्रिक पूरा गरे ।पेपे, राफायल गुइरेरो र राफायल लियोले एक एक गोल थपे ।स्विट्जरल्यान्डका मानुएल एकान्जीले एक गोल फर्काए ।
खेलको १७ औं मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । जोआ फेलिक्सको पासमा उनले उत्कृष्ट गोल गरे ।खेलको ३३ औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए । ब्रुनो फर्नान्डेसमा पासमा उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।
५१ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३-० ले अघि रह्यो । उनले डिएगो डालोटको पासलाई सदुपयोग गरे ।खेलको ५५ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई ४-० को अग्रता दिलाए । राफायलले रामोसको पासमा गोल गरेका हुन् ।
५८ औं मिनेटमा एकान्जीले गोल गर्दै स्विट्जरल्यान्डलाई ४-१ को स्थितिमा ल्याए ।खेलको ६७ औं मिनेटमा रामोसले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पूरा गर्दै पोर्चुगललाई ५-१ को अग्रता दिलाए ।
जोआ फेलिक्सको पासमा गोल गर्दै रामोसले ह्याट्रिक पूरा गरेका हुन् । उनी कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । पोर्चुगलका लागि उनको यो पहिलो ह्याट्रिक हो ।
त्यसपछि खेलको इन्जुरी समयमा सब्सिच्युडको रुपमा मैदान छिरेका लियोले गोल गर्दै पोर्चुगललाई ६-१ को सानदार जित दिलाए । अब पोर्चुगलले क्वाटरफाइनलमा मोरक्कोसँग खेल्नेछ ।मोरक्क्को स्पेनलाई हराएर अन्तिम आठमा पुगिसकेको छ ।
रोनाल्डोको व्यवहारका कारण बिच्किए पोर्चुगलका प्रशिक्षक !
पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलअघि आफू कप्तान क्रिस्टियानो रोनाल्डोप्रति रुष्ट देखिएका छन् । समूहको अन्तिम खेलमा रोनाल्डोलाई परिवर्तन गर्दाको व्यवहारप्रति उनले असन्तुष्टि व्यक्त गरे ।
पोर्चुगलले २-१ ले हारेको उक्त खेलमा रोनाल्डो ६५ औं मिनेटमा परिवर्तन भएका थिए । रोनाल्डोले बाहिर जाने बेलामा प्रशिक्षकको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै नराम्रो व्यवहार देखाएका थिए । लगत्तै उनी कोरियाली खेलाडी चो ग्युसुङसँग पनि विवादमा परे । त्यसबेला सान्तोसले रोनाल्डो र कोरियाली खेलाडीको विवादमा मात्र ध्यान दिएको र रोनाल्डोको आचरण ख्याल नगरेको बताए ।
‘खेल सकिएलगत्तै मिडियामा बोल्दा मैले भिडियो फुटेज हेरेको थिइनँ । रोनाल्डोले परिवर्तन हुने बेलामा के भने मैले सुन्ने अवस्था थिएन । कोरियाका खेलाडीसँग विवाद भएको देखेको थिएँ, मात्र त्यति हो,’ सान्तोसले सोमबार भने, ‘तर जब भिडियो हेरें, मलाई मन परेन । मलाई पटक्कै मन परेन । त्यसपछि हामीले आन्तरिक रुपमा यो समस्याबारे छलफल गरेका छौं । त्यो समस्या अब सुल्झेको छ ।’
गोल्डेन बुटको दौडमा रहेका रोनाल्डोलाई हिजोको खेलमा मौका नपाउँदा धेरै घाटा लागेको छ।उनी गोल्डेन बुटको दौडबाट धेरै पछि परेका छ।