क्वाटरफाइनलमा पुगे सँगै लियोनल मेसीले बनाए ठूलो कीर्तिमान

काठमाडौं।

अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियालाई २–१ गोलले पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा पुगेको हो ।अर्जेन्टिना २०१४ पछि विश्वकपकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे।

कतारको अहमद विन अली रंगशालामा भएको प्रिक्वार्टरफाइनलमा अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले गोल गरे । अस्ट्रेलियाले एक गोल भने उपहार स्वरुप पाएको थियो ।

खेलको ३५औँ मिनेटमा गोल गर्दै कप्तान मेस्सीले अस्ट्रेलियाविरुद्ध अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । कप्तान मेस्सीकै गोलमा अर्जेन्टिनाले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो ।

खेलको ५७औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । खेलको ७७औँ मिनेटमा अर्जेन्टिनाका इन्जो फर्नान्डेजले आत्मघाती गोल गर्न पुगे । अस्ट्रेलियाका क्राइग गोड्विनले प्रहार गरेको बल रोक्ने हुँदा आफ्नै पोष्टमा गोल गर्न पुगे ।

योसँगै अर्जेन्टिनाविरुद्ध अस्ट्रेलियाले २–१ को अवस्थामा पुर्‍याएको थियो । तर बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि अर्जेन्टिनाले अस्ट्रेलियालाई पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।अब सेमिफाइनल प्रवेशको लागि अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

अर्जेन्टिना अन्तिम आठमा पुगेको यो खेलसँगै मेसीले करिअरको १०००औं खेल खेले। मेसीले एक हजार खेलको कोशेढुंगा पार गरेको यो खेलमा मेसीले अर्जेन्टिनाका लागि कप्तानी गरेको १००औं खेलमा पनि हो।देशका लागि १६९ खेल खेलिसकेका मेसीले अन्तर्राष्ट्रिय गोल संख्य ९४ पुर्‍याएका छन्।

लियोनल मेसीको कीर्तिमान

अर्जेन्टिना अन्तिम आठमा पुगेको यो खेलसँगै मेसीले करिअरको १०००औं खेल खेले। मेसीले एक हजार खेलको कोशेढुंगा पार गरेको यो खेलमा मेसीले अर्जेन्टिनाका लागि कप्तानी गरेको १००औं खेलमा पनि हो।देशका लागि १६९ खेल खेलिसकेका मेसीले अन्तर्राष्ट्रिय गोल संख्य ९४ पुर्‍याएका छन्।

विश्वकपको नकआउट चरणमा मेसीले गरेको यो पहिलो गोल हो । यस्तै, जारी विश्वकपमा मेसीको यो तेस्रो गोल हो ।यो गोलसँगै विश्वकपमा २२ गोल पुर्याएका मेसीले यसअघि म्याराडोनाको नाममा रहेको अर्जेन्टिनाबाट विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए । यसअघि म्याराडोनाले विश्वकपमा अर्जेन्टिनाबाट २१ गोल गरेका थिए ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाल भर्सेस स्कटल्याण्ड आज,आज पानी पर्ने सम्भावना कति?

Sun Dec 4 , 2022
काठमाडौं। आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज आईतबार दोस्रो खेल खेल्दैछ। दोस्रो खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ । नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ। यस सिरिजमा दुबै देश दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा […]

You May Like

error: