मोहम्मद शामीको स्थानमा भारतका यी युवा खेलाडीले पाए टिममा मौका

काठमाडौं।

भारत–बंगलादेश एकदिवसीय सिरिजका लागि तयार गरिएको भारतीय टोलीका खेलाडीको सूचीमा बलर मोहम्मद शमीको नाम समावेश छैन । उनको स्थानमा उमरान मलिकलाई समावेश गरिएको छ ।

भारतीय टोलीका तिब्र गतिका बलर मोहम्मद शामी काँधको चोटका कारण सिरिजबाट बाहिर रहेका छन् । बीसीसीआईले अष्ट्रेलियामा भएको टी–२० विश्वकपपछि अभ्यास सुरु गरेपछि मोहम्मद शामीलाई काँधमा चोट लागेको जानकारी दिएको छ । उनलाई एनसीएमा रिपोर्ट गर्न भनिएको छ र आगामी तीन खेलको भारत-बंगलादेश शृंखलाको हिस्सा नहुने जानकारी दिइएको छ।

उता भारतीय टोली एकदिवसीय सिरिजअघि बंगलादेश पुगेको छ । भारतीय टोलीमा परेका खेलाडीहरु– रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), शिखर धवन, विराट कोहली, रजत पाटीदार, श्रेयस अय्यर, राहुल त्रिपाठी, ऋषभ पन्त (विकेटकिपर), इशान किशन (विकेटकिपर) ), शहबाज अहमद, अक्षर पटेल, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, उमरान मलिक, मोहम्मद सिराज, दीपक चाहर, कुलदीप सेन।

सम्बाददाता

Leave a Reply

Next Post

रोनाल्डोको एक ठूलो गल्तीले कोरिया नकआउट चरणमा! के हो त रोनाल्डोको गल्ती?

Sat Dec 3 , 2022
काठमाडौं। दक्षिण कोरिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति पोर्चुगललाई २-१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो ।इन्ज्युरी समयको पहिलो मिनेटमा गरेको गोलसँगै दक्षिण कोरियाले पोर्चुगललाई २–१ ले पराजित गरेपछि कोरियाली समर्थकले एजुकेसन सिटी रंगशालामा खुसीयाली मनाउन थाले । म्युजिक […]

You May Like

error: