स्पेनविरुद्ध जापानको विवादित गोलमा फिफाले दियो अन्तिम निर्णय

काठमाडौँ ।

फिफाले जापानले स्पेनविरुद्ध गरेको गोलसम्बन्धि विवाद बारे स्पष्ट पारेको छ ।जापानले गरेको गोल आउट बल भएको र भिडियो असिस्टेन्ट रेफ्री (भार) ले गलत निर्णय दिएको भन्दै सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि फिफाले भिडियो जारी गरेर पुरै बल आउट नभएको प्रमाण दिएको हो ।

फिफाले भिडियो म्याच अफिसियलले गोल लाइन क्यामरा प्रयोग गरेर चेक गर्दै बल पुरै बाहिर नगएकोले गोललाई मान्यता दिएको स्पष्ट गरेको छ । अन्य क्यामराले सो तस्वीरलाई मिसलिड गरेको जनाउदै फिफाले सो बल पूर्ण रुपमा बाहिर नभएको दाबि गरेको छ ।

खेलको ५१औं मिनेटमा जापानका आओ टनाकाले गरेको गोलमा पास दिदा आउट बल पास दिएको देखिएको छ । यसलाई भिडियो असिस्ट रेफ्रीले गरेको निर्णयमा विवाद भएको हो । शुरुमा गोल नदिए पनि भारले गोल दिएपछि यसमा विवाद भएको थियो ।

भिडियोमा हेर्दा जापानका कओरु मिटोमाले बल क्रस गर्दा बल लाइन बाहिर देखिएको छ । सामाजिक संजाल भारको निर्णयको कडा आलोचना गरिएको छ ।स्पेनमाथि जापानको यहि गोलका कारण जापान समुह विजेता बन्दै राउण्ड १६ मा पुग्यो भने यसै समुहमा रहेको जर्मनी विश्वकपबाट बाहिरिएको थियो ।

विश्वकपमा सहभागी ६ एसियन राष्ट्र मध्ये सबैभन्दा अप्ठ्यारो समूहमा परेको जापानले चामत्कारिक प्रदर्शन गर्दै समूह विजेता बन्यो।

पहिलो खेलमा चार पटकको च्याम्पियन जर्मनलाई २-१ले हराएको जापानले समूहको अन्तिम खेलमा स्पेनमाथि पनि २-१ को जित निकाल्यो । जापानले दुवै खेलका १ गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा २ गोल गर्दै जित निकलोको थियो।

जारी विश्वकपमा ठुला उलटफेर हुनेक्रम जारी रहेको छ । चार पटकको विश्वकप विजेता जर्मनी लगातार दोस्रो पटक समुह चरणबाट नै बाहिरिएको छ । भने बलियो मानिएको स्पेनलाई पराजित गरेर एशियाली पावर हाउस जापान समुह विजेता हुदै राउण्ड १६ मा पुगेको छ ।

टिकी टाका उपनामले चिनिने स्पेनलाई जापानले पाएको आक्रमणको अवसरलाई सदुपयोग गर्दै गोलमा परिणत गरेपछि सुखद नतिजा निकाल्न सकेको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालसँग खेलेका एसियाली राष्ट्रले बनायो विश्वकपमा ठूलो कीर्तिमान!

Sat Dec 3 , 2022
काठमाडौं । फिफा विश्वकप फुटबलको इतिहासमा पहिलो पटक ३ एसियाली राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन् ।शुक्रबार राति दक्षिण कोरियाले नकआउट चरणमा स्थान बनाएसँगै पहिलो पटक तीन एसियाली राष्ट्रले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो । युरोपियन राष्ट्र पोर्चुगललाई २-१ ले हराउँदै दक्षिण कोरियाले नकआउट चरणमा स्थान बनाएको हो ।यस […]

You May Like

error: