पोर्चुगलमाथि कोरियाको कीर्तिमानी जित

काठमाण्डौ।

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह समूह ‘एच’ को अन्तिम खेलमा पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको छ ।शुक्रबर भएको समूह एच को अन्तिम खेलमा कोरियाले पोर्चुगललाई २-१ गोलले पराजित गरेको हो ।

खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टा गोल गरि पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।तर खेलको २७औं मिनेटमा कोरियाको लागि किम योङ वोनले गोल गरि खेल १-१ गोलको बराबरीमा ल्याए ।

यस्तै खेलको ४१औं मिनेटमा पोर्चुगलले अग्रता दिने सुनौलो अवसर पाएको थियो, जसमा कप्तान रोनाल्डोले प्रहार गरेको हेडिङ बलले पोस्टको दिसा लिन सकेनन् । खेलमा पोर्चूगलले कोरियामाथि सुरुवात देखि नै आक्रमक गरे पनि थप गोल भने गर्न सकेन ।

यस्तै खेलको इन्जुरी समयमा कोरियाले गोल गरि खेलमा जित निकाल्यो ।एक खेलअघि नै विश्वकपको नकआउट चरणमा पुगिसकेको पोर्चुगल दक्षिण कोरियासँग रोकिएपनि ६ अंकसहित समूह विजेता बन्यो । यता दक्षिण कोरिया भने ४ अंक अन्तिम १६ मा प्रवेश गरेको छ ।

यता कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वेले घानालाई पराजित गरेको छ । अल जानुब स्टेडियममा शुक्रबार राति उरुग्वेले घानालाई २-० गोल अन्तरले हराएको हो ।

उरुग्वेको जितमा दुबै गोल जर्जियन डी अरेस्काटाले गरे । खेलको २१ औं मिनेटमा घानाका आन्द्रे एयु पेनाल्टीमा चुके । उनको प्रहार उरुग्वेका गोलकिपर सर्जियो अल्भारेजले बचाए ।

तर, खेलको २६ औं मिनेटमा अरेस्काटाले गोल गर्दै उरुग्वेलाई सुरुआती अग्रता दिलाए ।त्यसपछि खेलको ३२ औं मिनेटमा अरेस्काटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई २-० को जित दिलाए ।

घानालाई पराजित गरेपनि उरुग्वे नकआउट चरणमा पुग्न असफल भएको छ । समूह ‘एच’ मा उरुग्वेले ३ खेलमा ४ अंक जोड्यो । उरुग्वे तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

घाना पनि प्रतियोगिताबाट बाहिरिएको छ । घानाले ३ खेलमा ३ अंक जोड्यो ।

सम्बाददाता

Leave a Reply

Next Post

पोर्चुगलले साथ नदिँदा जितको बाबजुत विश्वकपबाट बाहिरियो उरुग्वे,भयो आँसुको वर्षा

Fri Dec 2 , 2022
काठमाण्डौ। कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वेले घानालाई पराजित गरेको छ ।अल जानुब स्टेडियममा शुक्रबार राति उरुग्वेले घानालाई २-० गोल अन्तरले हराएको हो ।उरुग्वेको जितमा दुबै गोल जर्जियन डी अरेस्काटाले गरे । खेलको २१ औं मिनेटमा घानाका आन्द्रे एयु पेनाल्टीमा चुके । उनको प्रहार उरुग्वेका गोलकिपर सर्जियो अल्भारेजले बचाए ।तर, […]

You May Like

error: