नेपालले जित्नै पर्ने खेल रोकियो,यस्तो छ खेल हुने सम्भावना

काठमाडौँ ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा नेपाल र घरेलु टोली नामिबियाबीचको खेल वर्षको कारण रोकिएको छ ।नामिबियाले ०.४ ओभरको खेल हुँदा पानी परेपछि खेल रोकिएको हो । आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा नेपालले आयोजक नामिबियालाई जितका लागि १ सय ९८ रनको लक्ष्य दिएको छ ।

युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार नेपालले ५० ओभरमा अलआउट हुँदै १ सय ९७ बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै आरिफ शेखले २३ रन जोड्दा आसिफ शेखले २० रन जोडे । अर्जुन साउद र गुलशन झा समान १८ रनमा आउट भए । कुशल भुर्तेलले १३ रन जोडे भने सोमपाल कामी र कप्तान रोहित पौडेल १० रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरी सुन्य रनमा आउट हुँदा सागर ढकाल १ रनमा आउट भए । नामिबियाका तान्गेनी लुन्गामेनीले ३ विकेट लिए । कार्ल ब्रिकेनस्टोकले २ विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालका लागि मल्लले ६० बलमा ५० रन पुरा गरेका हुन्। यस क्रममा उनले ४ चौका र २ छक्का प्रहार गरे। यो उनले छैठौं एकदिवसीय अन्तर्राष्ट्रिय अर्धसतक हो।

यो आफ्नो छैठौं एकदिवसीय अन्तर्राष्ट्रिय अर्धसतक सहित ज्ञानेन्द्रले एउटा किर्तिमान आफ्नो नाम गरेका छन् । नामिबिया विरूद्ध अर्धसतक बनाउदा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालबाट सर्बाधिक अर्धसतक बनाउने पहिलो खेलाडी बनेका छन् ।

यो भन्दा पहिले रोहित,ज्ञानेन्द्र र आसिफ सेख ५/५ अन्तर्राष्ट्रिय अर्धसतक बनाएर बराबरीमा थिए, नामिबियाविरूद्ध अर्धसतक पछि ज्ञानेन्द्र पहिलो स्थानमा आएका छन् ।

नामिबियाविरूद्ध ९४ बलमा ७५ रन बनाएर आउट भएका छन् ।   सन् २०१८ मा नेदरल्याण्ड्विरूद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका मल्लले पहिलो खेलमै ५१ रनको पारी खेलेका थिए।

हिजोबाट सुरु भएको खेलमा स्कटल्याण्डले बिहीबार घरेलु टोली नामिबियालाई ४ विकेटले पराजित गरेको हो ।नामिबियाले दिएको २ सय १२ रनको लक्ष्य स्कटल्याण्डले ४२.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।

आज नामिबियालाई हराएर नेपालले विजय यात्रा सुरु गर्ने दाउमा हुने छ।भने नामिबियाले पनि नेपाललाई हराएर आफ्नो मैदानमा पहिलो जित हासिल गर्ने दाउमा हुने छ ।

नेपाली आफ्नी दोस्रो खेल स्कटल्याण्डसँग खेल्ने छ।नेपालले खेल्ने लिग २ को नेपालबाट कान्तिपूर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने छ।लिग डिसेम्बर ९ सम्म चल्ने सिरिजको प्रत्यक्ष प्रशारण कान्तिपूर टिभि, कान्तिपूर सिनेप्लेक्स, कान्तिपूरको एप र वेवसाइटमा एकैपटक प्रशारण हुने कान्तिपूरले गर्ने छ।

हाल लिग २ को अंक तालिकामा स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ।२९ खेलमा २०औं जितपछि लिग-२ अंकतालिकामा स्कटल्याण्ड ४२ अंक बटुल्दै दोश्रो स्थानमा उक्लेको छ।

नामिबिया २७ खेलमा ११ हार र १६ जित पछि ३२ नक सहित चौंथो स्थानमा यथावत छ। ओमान ३६ खेलमा ४४ अंक सहित पहिलो र अमेरिका ३६ खेलमा ३५ अंक सहित तेश्रो स्थानमा छ।

सम्बाददाता

Leave a Reply

Next Post

बेल्जियम विश्वकपबाट बाहिरिएपछि रोमेलु लुकाकु आक्रोशित, डगआउटमा मच्चाए तोडफोड

Fri Dec 2 , 2022
काठमाडौँ । बेल्जियमको टोली कतारमा जारी विश्वकप फुटबलबाट बाहिरिएको छ । बिहीबार (डिसेम्बर १) राति क्रोएसियासँग ०–० को बराबरीमा रोकिएपछि बेल्जियम प्रतियोगिताबाट बाहिरिएको हो । बेल्जियमलाई अगाडि बढ्न कुनै पनि हालतमा जित आवश्यक भएपनि टोलीले गोल गर्न सकेन । उनका स्टार स्ट्राइकर रोमेलु लुकाकुले गोल गर्ने धेरै मौका खेर फाले […]

You May Like

error: