विश्वकपमा जापानले स्पेनविरुद्ध गरेको गोलले लियो ठूलो विवाद ! के भन्छन् फिफा?

काठमाण्डु।

कतारमा जारी विश्वकप फुटबलमा जपानले चामत्कारिक प्रदर्शन गरेको छ। विश्वकपमा सहभागी ६ एसियन राष्ट्र मध्ये सबैभन्दा अप्ठ्यारो समूहमा परेको जापानले चामत्कारिक प्रदर्शन गर्दै समूह विजेता बन्यो।

पहिलो खेलमा चार पटकको च्याम्पियन जर्मनलाई २-१ले हराएको जापानले समूहको अन्तिम खेलमा स्पेनमाथि पनि २-१ को जित निकाल्यो । जापानले दुवै खेलका १ गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा २ गोल गर्दै जित निकलोको थियो।

जारी विश्वकपमा ठुला उलटफेर हुनेक्रम जारी रहेको छ । चार पटकको विश्वकप विजेता जर्मनी लगातार दोस्रो पटक समुह चरणबाट नै बाहिरिएको छ । भने बलियो मानिएको स्पेनलाई पराजित गरेर एशियाली पावर हाउस जापान समुह विजेता हुदै राउण्ड १६ मा पुगेको छ ।

टिकी टाका उपनामले चिनिने स्पेनलाई जापानले पाएको आक्रमणको अवसरलाई सदुपयोग गर्दै गोलमा परिणत गरेपछि सुखद नतिजा निकाल्न सकेको थियो ।

तर जापानको गोल विवाद रहित भने हुन सकेन । खेलको ५१औं मिनेटमा जापानका आओ टनाकाले गरेको गोलमा पास दिदा आउट बल पास दिएको देखिएको छ । यसलाई भिडियो असिस्ट रेफ्रीले गरेको निर्णयमा विवाद भएको हो । शुरुमा गोल नदिए पनि भारले गोल दिएपछि यसमा विवाद भएको छ ।

भिडियोमा हेर्दा जापानका कओरु मिटोमाले बल क्रस गर्दा बल लाइन बाहिर देखिएको छ । सामाजिक संजाल भारको निर्णयको कडा आलोचना गरिएको छ ।

जापानको यस नतिजाले यसै समुहको जर्मनीलाई असर गर्यो । जर्मनी समुहमा तेस्रो हुदै विश्वकपको यात्रा टुंगाउन बाध्य भयो । जापानले नै समुह चरणको पहिलो खेलमा जर्मनीलाई पराजित गरेको थियो ।

जापान योसहित चौथो पटक विश्वकपको राउण्ड १६ मा पुगेको छ । यस अघि जापानले २००२, २०१०, २०१८ मा पनि राउण्ड १६ मा पुगेको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

महत्पूर्ण खेल अघि पोर्चुगललाई ठूलो झड्का

Fri Dec 2 , 2022
काठमाण्डौ। कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार समूह चरणका ४ खेलहरु हुँदैछन् ।  यस समूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाईसकेको छ । अन्य तीन टोलीको पनि नकआउटअ पुग्ने सम्भावना उत्तिकै रहेको छ ।पोर्चुगल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पोर्चुगलका डिफेन्डर नुनो मेन्डीसले कतारमा जारी फिफा […]

You May Like

error: