काठमाडौं।
नामिबियामा हिजो देखि जारी आइसीसी लिग २ को खेलमा नेपालले आफ्नो पहिलो खेल आज आयोजक राष्ट्र नामिबियासँग खेल्ने छ।खेल नेपाली समय १:४५ बजे दिउँसो सुरु हुनेछ।लिग २ मा बलियो देखिएको नामिबियालाई उसकै घरेलु मैदानमा हराउने नेपाली केही कठिन हुने सम्भावना रहेको छ।
हिजोबाट सुरु भएको खेलमा स्कटल्याण्डले बिहीबार घरेलु टोली नामिबियालाई ४ विकेटले पराजित गरेको हो ।नामिबियाले दिएको २ सय १२ रनको लक्ष्य स्कटल्याण्डले ४२.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।आज नामिबियालाई हराएर नेपालले विजय यात्रा सुरु गर्ने दाउमा हुने छ।भने नामिबियाले पनि नेपाललाई हराएर आफ्नो मैदानमा पहिलो जित हासिल गर्ने दाउमा हुने छ ।
नेपाली आफ्नी दोस्रो खेल स्कटल्याण्डसँग खेल्ने छ।नेपालले खेल्ने लिग २ को नेपालबाट कान्तिपूर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने छ।लिग डिसेम्बर ९ सम्म चल्ने सिरिजको प्रत्यक्ष प्रशारण कान्तिपूर टिभि, कान्तिपूर सिनेप्लेक्स, कान्तिपूरको एप र वेवसाइटमा एकैपटक प्रशारण हुने कान्तिपूरले गर्ने छ।
हाल लिग २ को अंक तालिकामा स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ।२९ खेलमा २०औं जितपछि लिग-२ अंकतालिकामा स्कटल्याण्ड ४२ अंक बटुल्दै दोश्रो स्थानमा उक्लेको छ। नामिबिया २७ खेलमा ११ हार र १६ जित पछि ३२ नक सहित चौंथो स्थानमा यथावत छ। ओमान ३६ खेलमा ४४ अंक सहित पहिलो र अमेरिका ३६ खेलमा ३५ अंक सहित तेश्रो स्थानमा छ।
नेपालको २० खेलबाट १७ अंकसहित छैटौं स्थानमा रहेको छ ।पहिलो स्थानमा रहेको ओमानले सबै ३६ खेल खेल्दै ४४ अंकसहित लिगको शिर्ष स्थानमा रहेको छ ।
नेपाली क्रिकेट टिमले नामिबियामा सिरिज खेल्नु अघि भारतमा २ अभ्यास खेल खेलेको थियो।जसमा पहिलो खेलमा नेपाल दिल्ली एसोसियसनसँग एक खेलमा पराजित र एक खेलमा जीत हासिल गरेको थियो।नेपाल आफ्नो पहिलो खेलमा २ विकेटले पराजित भएको थियो।भने दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो।
नेपालले अभ्यास खेलमा भएको कमी कमजोरी सुधार गरेर लिग खेल्ने छ।यसको लागि नेपालका कप्तान रोहित कुमार पौडेलले यी खेलाडीलाई प्लेईङ-११ मा मौका दिने सम्भावना रहेको छ।नेपालले आज नेपालको ओपनरका रुपमा आसिफ शेख र कुशल भुर्तेल रहने सम्भावना रहेको छ ।
तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल तथा चौथो स्थानमा कप्तान रोहित पौडेल रहने सम्भावना रहेको छ ।पाँचौ स्थानमा दीपेन्द्र सिंह ऐरीको सम्भावना रहँदा छैटौं नम्बरमा आरिफ शेखको सम्भावना रहेको छ ।सातौं स्थानमा सोमपाल कामी तथा आठौं स्थानमा करण केसीको सम्भावना रहेको छ ।
नवौ स्थानमा सोमपाल कामी तथा दशौं स्थानमा गुलशन झाको सम्भावना रहेको छ । अन्तिम स्थानमा ललित राजवंशी रहने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११:
रोहित पौडेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी
नेपालको टोली :
रोहित पौडेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर साह, नन्दन यादव