नेपालले बलियो टोली भारत,अस्ट्रेलिया र पाकिस्तानसँग विश्वकप खेल्ने,यस्तो छ खेल तालिका

काठमाण्डु।

आगामी डिसेम्बर ४ देखि १७ (मंसिर ५ देखि १९ सम्म) भारतमा आयोजना हुने नेत्रहीन टी-२० विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।

क्रिकेट एसोसिएसन फर ब्लाइन्ड इन इन्डियाले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले डिसेम्बर ६ मा पहिलो खेल खेल्नेछ । उक्त खेल हरियानास्थित फरियावादमा हुनेछ ।

नेत्रहीन टी-२० विश्वकपमा नेपाल र भारतसँगै अस्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश गरी कूल ७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलअघि डिसेम्बर ५ मा दिल्लीको गुरगाउँमा विश्वकपको उद्घाटन हुनेछ भने फाइनल डिसेम्बर १७ मा बेंगलोरमा हुनेछ ।

सिङ्गल राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । जहाँ लिगको शीर्ष स्थानमा रहने टिम र चौथो हुने टिमबिच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो र तेस्रो हुने टिमबिच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

नेपाल नेत्रहीन क्रिकेट सङ्घले यसअघि विश्वकपमा लागि खिमानन्द गैरेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।नेत्रहीन टी-२० विश्वकपमा सहभागी हुन १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आउने आइतबार भारत प्रस्थान गर्नेछ ।

नेपालले यसअघि भएको २०१२ र २०१७ मा नेत्रहीन टी-२० विश्वकप खेलिसकेको छ भने २०१८ मा नेत्रहीन एक दिवसीय विश्वकप समेत खेलेको थियो । तेस्रो पटक हुन लागेको नेत्रहीन टी-२० विश्वकपको ब्रान्ड एम्बासडरमा भारतीय क्रिकेट टिमका पूर्व अलराउण्डर युवराज सिंह छन् ।

यता नामिबियामा आजबाट जारी आइसीसी लिग २ का खेलमा नेपालले आफ्नो पहिलो खेल भोलि आयोजक राष्ट्र नामिबियासँग खेल्ने छ। लिग २ मा बलियो देखिएको नामिबियालाई उसकै घरेलु मैदानमा हराउने नेपाली केही कठिन हुने सम्भावना रहेको छ।

आज बाट सुरु भएको खेलमा भोलि नामिबियालाई हराएर नेपालले विजय यात्रा सुरु गर्ने दाउमा हुने छ।भने नामिबियालाई नेपाली आफ्नो मैदानमा नेपाललाई पराजित गर्न दाउमा हुने छ ।जारी लिगमा आज नामिविया र स्कटल्याण्ड खेल्दैछ।

सम्बाददाता

Leave a Reply

Next Post

विश्वकपमा दिग्गज खेलाडी म्याराडोनाको किर्तिमान तोड्दै मेस्सीले रचे नया किर्तिमान

Thu Dec 1 , 2022
काठमाडौँ । पोल्याण्डविरुद्ध सुरुदेखि नै मेस्सीको नेतृत्वमा खेलाडीहरूले आक्रमण गर्न थालेका थिए भने पोल्याण्डका खेलाडीहरू पनि बल क्याप्चर गर्न संघर्षरत देखिएका थिए । यस अवधिमा मेस्सीले पेनाल्टीको सजिलो मौका गुमाए पनि अर्जेन्टिनाले आक्रामक आक्रमणका साथ खेलमा आफ्नो वर्चस्व कायम राख्यो। दोस्रो हाफमा म्याकअलिस्टर (४६ औं मिनेट) र जुलियन अल्भारेज (६७ […]

You May Like

error: