अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा पुग्यो,नकआउट चरणमा यो टिमसँग खेल्ने

काठमाडौं।

पोल्याण्डमाथि सहज जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को प्रि–क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

कतारको दोहामा रहेको स्टेडियम ९७४ मा बिहिबार बिहान भएको समूह ‘सी’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा पोल्याण्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा स्थान बनाउन सफल भएको हो ।

पहिलो हाफमा अर्जेन्टिनाले बल पोसेसन र आक्रमणमा दबाब कायम गरेपनि अग्रता भने लिन सकेको छैन । पोल्यान्डका गोलरक्षक वोजसिएक सेचेज्नीले एक पेनाल्टीसहित अर्जेन्टिनाको लगातार आक्रमण विफल पार्दै खेल गोलरहित राखेका छन् ।

पोल्यान्डलाई बराबरीले पनि नकआउट चरण पुग्न पर्याप्त रहने कारण टोली रक्षात्मक खेलमा बढी ध्यान दिइरहेको छ ।अर्जेन्टिनालाई जित दिलाउन एलेक्सिस म्याक एलिस्टर र जुलियान अल्भारेजले एक एक गोलको योगदान गरे ।

खेलको शुरुवात देखि नै पोल्याण्डमाथि दबाब राखेको अर्जेन्टिनाले पहिलो हाफमा पाएको पेनल्टीको अवसर खेर फालेको थियो ।लियोनल मेस्सीले गरेको पेनल्टी प्रहारलाई पोल्याण्डका गोलकिपर सिजेस्नीले उत्कृष्ट बचाउँ गरेका थिए ।

खेलको ४६औं मिनटमा नाहुएल मोलीनाको असिस्टमा एलेक्सिसले गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए ।६७औं मिनटमा इन्जो फर्नान्डेजको असिस्टमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए ।

अर्जेन्टिनाले पहिलो हाफको तुलनामा आफ्नो खेललाई दोश्रो हाफमा थप आक्रमक बनाउँदै पोल्याण्डलाई दबाब थपेर खेलेको थियो ।दोश्रो हाफमा अर्जेन्टिनाले गोलको केही सुन्दर अवसरहरुमा चुक्दा २–० गोल अन्तरको जित दर्ता गर्याे ।

जितसँगै तिन खेलमा ६ अंक जोड्दै अर्जेन्टिना समूह विजेताको रुपमा राउण्ड अफ १६ मा प्रवेश गरेको हो । अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरेबीयासँग हारको सामना गरेपछि लगातार दुई खेलमा जित्न सफल भयो ।

यता हारको सामना गरेको पोल्याण्ड पनि समूह उपविजेताको रुपमा प्रि–क्वार्टरफाईनलमा पुगेको छ । समान अंक रहेपनि गोलभिन्नताको आधारमा मेक्सिकोलाई पछि पार्दै पोल्याण्ड नकआउट चरणमा स्थान बनाउन सफल भएको हो ।

यसै समूह अन्तर्गत एकै समयमा भएको अर्काे खेलमा साउदीमाथि मेक्सिकोले २–१ गोल अन्तरको जित निकाल्दै पोल्याण्डसँग अंक बराबरी गरेको थियो । तर गोलभिन्नताको आधारमा पछि परेको मेक्सिको साउदीसँगै विश्वकपबाट बाहिरिन बाध्य बनेको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालले भोलि नामिबियासँग खेल्दै,यस्तो छ नेपालको सम्भावित प्लेईङ-११

Thu Dec 1 , 2022
काठमाडौं। नामिबियामा आजबाट जारी आइसीसी लिग २ का खेलमा नेपालले आफ्नो पहिलो खेल भोलि आयोजक राष्ट्र नामिबियासँग खेल्ने छ। लिग २ मा बलियो देखिएको नामिबियालाई उसकै घरेलु मैदानमा हराउने नेपाली केही कठिन हुने सम्भावना रहेको छ। आज बाट सुरु भएको खेलमा भोलि नामिबियालाई हराएर नेपालले विजय यात्रा सुरु गर्ने दाउमा […]

You May Like

error: