काठमाडौं।
नामिबियामा आजबाट जारी आइसीसी लिग २ का खेलमा नेपालले आफ्नो पहिलो खेल भोलि आयोजक राष्ट्र नामिबियासँग खेल्ने छ। लिग २ मा बलियो देखिएको नामिबियालाई उसकै घरेलु मैदानमा हराउने नेपाली केही कठिन हुने सम्भावना रहेको छ।
आज बाट सुरु भएको खेलमा भोलि नामिबियालाई हराएर नेपालले विजय यात्रा सुरु गर्ने दाउमा हुने छ।भने नामिबियालाई नेपाली आफ्नो मैदानमा नेपाललाई पराजित गर्न दाउमा हुने छ ।जारी लिगमा आज नामिविया र स्कटल्याण्ड खेल्दैछ।
नेपाली आफ्नी दोस्रो खेल स्कटल्याण्डसँग खेल्ने छ।नेपालले खेल्ने लिग २ को नेपालबाट कान्तिपूर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने छ। लिग आज देखि डिसेम्बर ९ सम्म चल्ने सिरिजको प्रत्यक्ष प्रशारण कान्तिपूर टिभि, कान्तिपूर सिनेप्लेक्स, कान्तिपूरको एप र वेवसाइटमा एकैपटक प्रशारण हुने कान्तिपूरले गर्ने छ।
हाल लिग २ को अंक तालिकामा स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ।स्कटल्याण्डको २८ खेलमा ४० अंकसहित दोस्रो स्थानमा रहँदा नामिविया २६ खेलबाट ३२ अंकसहित चौथो स्थानमा रहेको छ ।
नेपालको २० खेलबाट १७ अंकसहित छैटौं स्थानमा रहेको छ ।पहिलो स्थानमा रहेको ओमानले सबै ३६ खेल खेल्दै ४४ अंकसहित लिगको शिर्ष स्थानमा रहेको छ ।
नेपाली क्रिकेट टिमले नामिबियामा सिरिज खेल्नु अघि भारतमा २ अभ्यास खेल खेलेको थियो।जसमा पहिलो खेलमा नेपाल दिल्ली एसोसियसनसँग एक खेलमा पराजित र एक खेलमा जीत हासिल गरेको थियो।नेपाल आफ्नो पहिलो खेलमा २ विकेटले पराजित भएको थियो।भने दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो।
नेपाली अभ्यास खेलमा भएको कमी कमजोरी सुधार गरेर लिग खेल्ने छ।यसको लागि नेपालका कप्तान रोहित कुमार पौडेलले यी खेलाडीलाई प्लेईङ-११ मा मौका दिने सम्भावना रहेको छ।नेपाली भोलि नेपालको ओपनरका रुपमा आसिफ शेख र कुशल भुर्तेल रहने सम्भावना रहेको छ ।
तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल तथा चौथो स्थानमा कप्तान रोहित पौडेल रहने सम्भावना रहेको छ ।पाँचौ स्थानमा दीपेन्द्र सिंह ऐरीको सम्भावना रहँदा छैटौं नम्बरमा आरिफ शेखको सम्भावना रहेको छ ।सातौं स्थानमा सोमपाल कामी तथा आठौं स्थानमा करण केसीको सम्भावना रहेको छ ।
नवौ स्थानमा सोमपाल कामी तथा दशौं स्थानमा गुलशन झाको सम्भावना रहेको छ । अन्तिम स्थानमा ललित राजवंशी रहने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११:
रोहित पौडेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी
नेपालको टोली :
रोहित पौडेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर साह, नन्दन यादव