पेनाल्टी मिसका बाबजुद नकआउटमा चरणमा पुगेपछि यस्तो भन्छन मेस्सी

काठमाडौँ ।

पोल्याण्डमाथि सहज जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को प्रि–क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

कतारको दोहामा रहेको स्टेडियम ९७४ मा बिहिबार बिहान भएको समूह ‘सी’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा पोल्याण्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा स्थान बनाउन सफल भएको हो ।

पहिलो हाफमा अर्जेन्टिनाले बल पोसेसन र आक्रमणमा दबाब कायम गरेपनि अग्रता भने लिन सकेको छैन । पोल्यान्डका गोलरक्षक वोजसिएक सेचेज्नीले एक पेनाल्टीसहित अर्जेन्टिनाको लगातार आक्रमण विफल पार्दै खेल गोलरहित राखेका छन् ।

पोल्यान्डलाई बराबरीले पनि नकआउट चरण पुग्न पर्याप्त रहने कारण टोली रक्षात्मक खेलमा बढी ध्यान दिइरहेको छ ।अर्जेन्टिनालाई जित दिलाउन एलेक्सिस म्याक एलिस्टर र जुलियान अल्भारेजले एक एक गोलको योगदान गरे ।

जारी विश्वकपमा अहिलेसम्म १० देश नकआउट चरणमा पुगेका छन् । समुह चरणका अन्तिम खेलहरु अहिले जारी रहेको बेला नेदरल्याण्डस, सेनेगल, इङल्याण्ड, अमेरिका, अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स, अस्ट्रेलिया, ब्राजिल र पोर्चुगल विश्वकपको नकआउट चरणमा पुगेका हुन् ।

अब नकआउट चरणमा नेदरल्याण्डसले अमेरिकाको सामना गर्ने भएको छ भने इङल्याण्डले सेनेगलको सामना गर्ने भएको छ ।

त्यस्तै फ्रान्सले पोल्याण्डलाई प्रतिद्वन्दी पाएको छ भने अर्जेन्टिनाले अस्ट्रेलियाको सामना गर्ने छ । अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा पुगेको छ भने अब नकआउटमा अस्ट्रेलियाको सामना गर्ने छ ।

अस्ट्रेलिया विश्वकपको इतिहासमा दोस्रो पटक राउण्ड १६ मा पुगेको छ । यसअघि २००६ मा राउण्ड १६ मा पुगेको थियो । २००६ को राउण्ड १६ मा अस्ट्रेलिया इटालीसँग १-० गोल अन्तरले पराजित भएको थियो ।

२०१८ को विश्वकपमा अर्जेन्टिना राउण्ड १६ मा फ्रान्ससँग ४-३ गोल अन्तरले पराजित हुदै बाहिरिएको थियो । यसैबीच लियोनेल मेसीले पोल्याण्डविरुद्ध पेनाल्टी मिस गरेकोमा आफु अहिलेसम्म दुखी रहेको प्रतिक्रिया दिएका छन् ।

मेसीले राउण्ड १६ मा अस्ट्रेलिया कडा प्रतिद्वन्दी रहेको बताउदै अस्ट्रेलियाविरुद्धको खेल कठिन हुने बताएका छन् । उनले आफुहरुले अस्ट्रेलियाविरुद्धको खेलका लागि सोहि किसिमले खेलको तयारी गर्ने बताएका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

सात टोलीको भाग्यको टुंगो लाग्नेछ आज, चार टोली अन्तिम १६ मा पुग्ने

Thu Dec 1 , 2022
काठमाडौँ । फिफा विश्वकप २०२२ को आज १३ औं दिन हो । प्रतियोगितामा आज पनि चार खेल हुनेछन् । समूह एफ र समुह ईका टोलीले आज अन्तिम खेल खेल्दैछन् । पहिलो समूह एफमा क्रोएसियाले बेल्जियम र क्यानडाले मोरक्कोसँग खेल्नेछ । यी दुबै खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु […]

You May Like

error: