फिफा विश्वकप सञ्चालन गर्ने रेफ्रीले पाउँछन् लाखौं पारिश्रमिक!

काठमाडौं।

फुटबल खेलको सन्दर्भमा आयोजना हुने सबैभन्दा महंगो प्रतियोगिता फिफा विश्वकप हो। २०२२ को फिफा विश्वकप केही दिन अगाडी मात्रै कतारले संचालन गरेको छ ।

यस बर्ष कतारले आयोजना गरेको फिफा विश्वकपमा लिगले विजयीलाई दिने रकममा पनि अघिल्लो वर्षको तुलनामा ४४ मिलियन डलरले बढाइएको छ। जसकारणले कतारमा हुन लागेको फिफा विश्वकप वास्तवमै अहिलेसम्मकै सबैभन्दा महँगो विश्वकप भएको स्पष्ट हुन्छ।

खेलाडीहरूसँगै मैदानमा डटिरहने रेफ्रीका लागि फिफाले यसपटक अघिल्लो विश्वकपको तुलनामा पारिश्रमिकमा व्यापक वृद्धि गरेको छ। रेफ्री र एसोसिएट्सको तलब उनीहरूले खेल्ने भूमिकामा निर्भर गर्दछ।

फुटबल पहिले फिल्ड र सहायक रेफ्रीहरूको उपस्थितिमा खेलिन्थ्यो भने पछिल्लो दुई संस्करणमा भिडियो सहायक रेफ्री (भीएआर)ले पनि निर्णय लिने प्रक्रिया थपिएको छ।

यसका साथै फिफाले यसपटक महिला म्याच रेफ्रीहरूलाई खेल सञ्चालनका लागि समावेश गरेका छन्। विश्वका विभिन्न संघसंस्थाका लिग खेलहरूमा महिला रेफ्रीहरूको प्रदर्शनको नजिकबाट निगरानी राखेको फिफाले यसपटक हरेक खेलमा ३ महिला फिल्ड म्याच रेफ्री र ३ महिला सहायक रेफ्री समावेश गरेको हो।

फिफा विश्वकपमा कुल ३६ फिल्ड रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडियो असिस्टेन्ट रेफ्री हुनेछन्। उनीहरुले सबै चरणमा जम्मा ६४ खेल खेलाउनेछन्।

फिफाले प्रत्येक खेलको पारिश्रमिक राउन्ड वा प्रतियोगिताको भागको आधारमा तय गरेको छ। यसले लिग खेलहरू र नक–आउट खेलहरूका लागि फरक–फरक बनाएको छ।

फिफा विश्वकप २०२२ का रेफ्रीले कति पारिश्रमिक ? फिफा विश्वकपमा रेफ्रीको तलब उनिहरुको अनुभवमा भर पर्छ। खेलमा चार किसिमका रेफ्री हुन्छन् । प्रत्येक रेफ्रीको आफ्नो विशेषज्ञता अनुसार आफ्नै कर्तव्यहरू छन्।
– म्याच रेफ्री
– सहायक रेफ्री
– चौथो अधिकारी
– भिडियो सहायक रेफरी

१. म्याच रेफ्री
म्याच रेफ्रीको यस खेलमा सर्वोच्च अधिकार हुन्छ । उनी मैदानमा उपस्थित भएर खेलाडीसँग दौडिरहेका हुन्छन् । म्याच रेफ्रीले मैदानमा भएका सबै महत्त्वपूर्ण निर्णयहरू गर्छन्। खेल रेफ्रीसंग खेलाडीलाई चोटपटक लागेमा, खेल गलत तरीकाले खेलेमा वा अन्य कुनै परिस्थितिमा खेल रोक्न सक्ने अधिकार हुन्छ ।

अन्तर्राष्ट्रिय खेलको अफिसियसनको लागि म्याच रेफ्रीले न्युनतम पारिश्रमिक एक लाख (७०० युरो) सम्म पाउने गर्छ । तर कतार विश्वकपको समयमा सबै प्रकारको कामदारको पारिश्रमिक बढाइएको हुनाले जसअनुसार म्याच रेफ्री न्युनतम पारिश्रमिक करिब ६लाख ५० हजारसम्म (५ हजार युरो) दिने रिपोर्टले जनाएको छ ।

२. सहायक रेफ्री
हामी मैदानमा तीन रेफ्रीहरू देख्छौं। जसमध्ये एक म्याच रेफ्री हुन् भने अन्य दुई सहायक रेफ्री हुन् । सहायक रेफ्रीको मुख्य काम फसाइड हो कि होइन हेर्नु हो। यसका साथै साहायक रेफ्रीले म्याच रेफ्रीलाई पनि उसको काममा सहयोग गर्नुपर्ने हुन्छ ।

त्यसैले सहायक रेफ्रीहरूलाई लाइन–मेन भनेर पनि चिनिन्छ। उनीहरुसँग म्याच रेफ्रीले देख्न नसक्ने गल्तीहरुको छानबिन गर्ने अधिकार पनि छ।

रिपोर्टको अनुसार कुनै पनि अन्तर्राष्ट्रिय खेलका लागि सहायक रेफ्रीहरूलाई न्युनतम पारिश्रमिक ५० हजार (५०० युरो) दिइन्छ भने, यस पटक कतार विश्वकपले सहायक रेफ्रीलाई करिब ३ लाख (२५०० युरो) दिने भएको छ ।

३. चौथो अधिकारी
धेरै प्रशंसकहरूले याद गरेका छन् कि त्यहाँ एक अधिकारी छ जसले सबै प्रतिस्थापन कार्य नियन्त्रण गर्दछ। उसले खेलाडीहरूको जाँच गर्छ र म्याच रेफ्रीबाट अनुमति लिएर टोलीहरूलाई आफ्ना खेलाडीहरू बदल्न अनुमति दिन्छ। उनले खेलको समयमा बल परिवर्तन गर्ने काम पनि हेर्छन्। यी सबै कार्यहरू चौथो अधिकारीद्वारा गरिन्छ।

अन्तर्राष्ट्रिय खेलको समयमा चौथो अधिकारीको न्युनतम पारिश्रमिक ५० हजार (५०० युरो) भए पनि यस पटक कतार विश्वकपले चौथो अधिकारीलाई करिब ३ लाख (२५०० युरो) दिने भएको छ ।

४. भिडियो सहायक रेफरी
कतार फिफा विश्वकप २०२२ मा भिडियो सहायक रेफ्रीहरूलाई प्रति खेल ४ लाख (३००० युरो) दिने भएको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

इतिहास बनाउने संघारमा महिला रेफ्री फ्रापार्ट

Wed Nov 30 , 2022
काठमाडौं। फ्रेन्च रेफ्री स्टेफनी फ्रापार्टले बिहीबार राति हुने जर्मनी र कोस्टारिकाविरुद्धको खेल खेलाएर इतिहास रच्ने भएकी छन्। कतारमा जारी विश्वकपको समूह ‘ई’अन्तर्गत हुने त्यो खेलपछि फ्रापार्ट पुरुष विश्वकपमा निर्णायक भूमिका निर्वाह गर्ने पहिलो महिला रेफ्री बन्नेछिन्। फिफाले पहिलो पटक पुरुष विश्वकपकमा लागि महिला रेफ्रीलाई चयन गरेको छ। जर्मनी र कोस्टारिकाबीच […]

You May Like

error: