तेस्रो खेलमा फेरि वर्षा बन्यो खलनायक, न्युजिल्यान्ड विरुद्ध भारतले गुमायो सिरिज

काठमाडौँ ।

भारत र न्यूजिल्याण्डबीच क्राइस्टचर्चमा भएको तेस्रो र अन्तिम एकदिवसीय खेल पनि वर्षाका कारण अनिर्णय बनेको छ र टीम इन्डियाले किवी टोलीसँगको एकदिवसीय शृंखला ०-१ ले गुमाएको छ ।

भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा न्युजिल्यान्डले ७ विकेटले जित हात पारेको थियो ।

यसपछि ह्यामिल्टनमा भएको दोस्रो एकदिवसीय वर्षाका कारण अनिर्णित रह्यो र अब तेस्रो एकदिवसीयको पनि वर्षाका कारण नतिजा आउन सकेन ।

तेस्रो एकदिवसीयमा वर्षा फेरि बन्यो खलनायक:
क्राइस्टचर्चमा बुधबार भारत र न्युजिल्यान्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल वर्षाका कारण स्थगित भएको छ, जसमा २२० रनको लक्ष्य पछ्याउँदै आयोजकले १८ ओभरमा एक विकेट गुमाएर १०४ रन बनाएको थियो। त्यसपछि पानी पर्न थालेपछि खेलको नतिजा आउन सकेन ।

वर्षाका कारण खेल रोकिनुअघि डेभोन कोनवे ३८ रन खेल्दै थिए भने कप्तान केन विलियम्सनले खाता खोल्न सकेका थिएनन । न्यूजिल्याण्डले फिन एलेन (५७ रन) को रूप मा एक मात्र विकेट गुमाएको थियो।

डीएलएसका अनुसार न्युजिल्यान्डको टोली भारतभन्दा ५० रनले अगाडि थियो, तर खेल पूरा गर्न कम्तिमा २० ओभर आवश्यक थियो तर त्यसो हुन सकेन । ब्याटिङको निम्तो पाएपछि भारतीय इनिङ्स ४७.३ ओभरमा २१९ रनमा समेटिएको थियो ।

ह्यामिल्टनमा भएको पहिलो एकदिवसीय खेलमा न्युजिल्याण्डले ७ विकेटको जित हात पार्दै सिरिजमा १–० को अग्रता लिएको थियो । ह्यामिल्टनमा भएको दोस्रो एकदिवसीय खेल वर्षाले बगाएको थियो ।

यसअघि वासिङ्टन सुन्दरको अर्धशतक (५१) इनिङ्स र ब्याट्सम्यान श्रेयस अय्यरको ४९ रनको इनिङ्सको मद्दतमा भारतीय टोलीले ४७.३ ओभरमा १० विकेट गुमाएर २१९ रन बनाएको थियो।

योसँगै भारतले न्युजिल्यान्डलाई जितका लागि २२० रन दिएको थियो । किवीका बलर एडम मिल्ने र डेरिल मिचेलले ३–३ विकेट लिए ।

सम्बाददाता

Leave a Reply

Next Post

फिफा विश्वकप सञ्चालन गर्ने रेफ्रीले पाउँछन् लाखौं पारिश्रमिक!

Wed Nov 30 , 2022
काठमाडौं। फुटबल खेलको सन्दर्भमा आयोजना हुने सबैभन्दा महंगो प्रतियोगिता फिफा विश्वकप हो। २०२२ को फिफा विश्वकप केही दिन अगाडी मात्रै कतारले संचालन गरेको छ । यस बर्ष कतारले आयोजना गरेको फिफा विश्वकपमा लिगले विजयीलाई दिने रकममा पनि अघिल्लो वर्षको तुलनामा ४४ मिलियन डलरले बढाइएको छ। जसकारणले कतारमा हुन लागेको फिफा […]

You May Like

error: