जेलमा क्रिकेट खेल्दै गरेका सन्दीपलाई आईसीसीले दियो खुसीको खबर!

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल कामीको एकदिवसीय बलिङ वरीयतामा सुधार भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा सोमपाल दुई स्थान माथि उक्लिएका छन् । नयाँ वरीयतामा सोमपाल ९३ औं स्थानमा छन् ।

बलिङतर्फ नै सन्दीप लामिछानेले एक स्थान सुधार गरेर ३७ औं स्थानमा रहेका छन् ।ब्याटिङतर्फ आसिफ शेख र कप्तान रोहित कुमार पौडेलको वरीयता यथावत रहेको छ ।नयाँ वरीयतामा शेख ९१ औं र पौडेल ९२ औं स्थानमा रहेका छन् ।

ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।बलिङतर्फ भने न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्ट पहिलो स्थानमा रहेका छन् ।

यो पनि पढ्नुहोस्;लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई दियो बलियो लक्ष्य

यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई जितका लागि २ सय ३५ रनको लक्ष्य दिएको छ ।मुलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले २ सय ३५ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४९ ओभरमा अलआउट हुदै २ सय ३४ रन मात्र बनायो। लुम्बिनीका लागि देव खनालले ५४ बलमा ४६ रनको योगदान दिएका छन्।

आकाश त्रिपाटीले ७० बलमा ४० रन बनाए ।दर्गेश गुप्ताले २५ बलमा ३८ रनको योगदान दिएका थिए।तुल बहादुर थापाले ५१ बलमा २८ रन बनाए ।यस क्रममा उनले ३ चौका प्रहार गरेका थिए।

विशाल भुषालले ३१ बलमा २० रनको योगदान दिएका छन्।कप्तान विशाल बिक्रम केसीले ११ रन जोडे । बागमतीका लागि प्रतिक श्रेष्ठले १० ओभरमा ५५ रन दिएर ३ विकेट लिएका छन्।

ओमकार यादवले १० ओभरमा २९ रन दिएर दुई विकेट लिएका छन्।भने अविशेक कोईराला पनि समान २ विकेट लिए । अहमद राजा र योगेश भाटले समान १/१ रन बनाए ।

बागमती आजको खेलमा जित निकालेर एक खेल अगावै फाईनल पुग्न चाहान्छ । लुम्बिनी प्रदेशलाई प्रतियोगितामा जीवित रहिरहन यो खेल जित्नै पर्ने हुन्छ । प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

मेस्सिको जादु नचले यसरी विश्वकपको समूह चरणबाटै बाहिरिन सक्छ अर्जेन्टिना

Wed Nov 30 , 2022
काठमाडौं । फिफा विश्वकपमा आज (बुधबार) समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । आज समूह ‘सी’ र ‘डी’ का खेलहरू हुनेछन् । आज हुने पहिलो खेलमा समूह ‘डी’ का चार टिम एकैसाथ प्रतिस्पर्धामा उत्रँदैछन् । जहाँ साविक विजेता फ्रान्सले ट्युनिसिया र अस्ट्रेलियाले डेनमार्कविरुद्ध खेल्दै छन् । यी खेलहरू ८ः४५ बजेदेखि सुरु […]

You May Like

error: