काठमाडौं।
लगातार तीन पराजय बेहोरेर कतार विश्वकपबाट बाहिरिएको छ र आफ्नै प्रतिस्पर्धालाई अर्थहीन छाड्ने पहिलो आयोजक राष्ट्र बनेको छ।
इक्वेडरसँग २–० र सेनेगलसँग ३–१ को हारपछि मात्रै दुई खेलपछि नकआउट हुने पहिलो आयोजक राष्ट्र बनेको मध्य–पूर्वी टोली यसअघि नै पहिलो खेलमा हार्ने आयोजक बनेको थियो । समूहका तीनवटै खेलमा पराजित भएको छ भने अन्य कुनै पनि आयोजक राष्ट्र भन्दा बढी गोल खाएको छ साथै दक्षिण अफ्रिका पछि समुह चरणबाट बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ।
कतार विश्वकपको फाइनलमा अंक नराखेको पहिलो आयोजक राष्ट्र बनेको छ । अन्तिम दिनमा इक्वेडर, सेनेगल र नेदरल्यान्ड्ससँगको हारले समूह ‘ए’ को पुछारमा रहेको कतारले सात गोल खाएको छ, जुन प्रतियोगिताको एउटै समूह चरणमा आयोजक राष्ट्रबाट अहिलेसम्मकै सबैभन्दा धेरै हो।
कतारले एउटा मात्र गोल गरेको छ, जुन कुनै पनि आयोजक राष्ट्रको सबैभन्दा कम हो र सात गोल खाएको छ, समूह चरणमा कुनै पनि आयोजकमध्ये सबैभन्दा धेरै गोल खाने राष्ट्र कतार बनेको छ। यस अघिको दक्षिण अफ्रिकाको पाँचको कीर्तिमानलाई उछिनेको छ।
कतार समूहको पुछारमा पुग्ने अपेक्षा गरिएको भए पनि सुन्य अंकका साथ् पुग्छ भन्ने कसैले अपेक्षा गरेका थिएनन। विश्वको ५० औँ स्थानमा रहेको साउदी अरेबियाल अर्जेन्टिनामाथिको जितले नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।
यो पनि पढनुहोस् : विश्वकप आज बलियो चार टिमबीच खेल हुँदै, जित्नै पर्ने दबाबमा अर्जेन्टिना
विश्वकप फुटबलमा आज राति समूह सी र डी का खेल हुँदै छन्। अन्तिम चरणका खेलमा समूह सी का पोल्याण्ड र अर्जेन्टिना तथा साउदी अरेविया र मेक्सिको भिड्दैछन्। ४ अंकसहित पोल्याण्ड तालिकाको शीर्षस्थानमा र ३ अंक भएको अर्जेन्टिना दोस्रो स्थानमा छ।
तेस्रो स्थानको साउदीको पनि समान ३ अंक छ। तर गोल अन्तरका आधारमा उ पछि छ। १ अंक भएको मेक्सिकोको पनि अघिल्लो चरणको सम्भाबना बाँकी छ। राति १२ः४५ बजे पोल्याण्डविरुद्ध उत्रँदा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब छ।
यो खेल जितेको अवस्थामा अर्जेन्टिनाको समूह विजेता बन्दै नकआउटमा पुग्ने सम्भाबना बलियो हुन्छ। तर पोल्याण्ड भने बराबरीले पनि अघिल्लो चरणमा पुग्छ। अन्तिम खेल बराबरी गर्दा पोल्याण्डको ५ अंक हुन्छ।
यस्तो अवस्थामा अर्को खेलमा साउदी विजयी भएमा पोल्याण्ड उपविजेताको रुपमा नकआउटमा पुग्नेछ। साउदीले मेक्सिकोलाई हराएमा उसको ६ अंक हुनेछ।