काठमाण्डौ।
अबुधाबी टी १० लिगको सातौं दिन कुल तीन खेल खेलिएका छन् । यस क्रममा टिम अबुधाबीले मोरिसभिल साम्प आर्मीलाई १८ रनले पराजित गरेको थियो । चेन्नई ब्रेभ्सले डेक्कन ग्ल्याडियटर्सलाई ६ विकेटले हराएको छ । बंगला टाइगर्सले दिल्ली बुल्सलाई १२ रनले हरायो ।
यस क्रममा धेरै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।पहिला खेल्दै टिम अबुधाबीले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर १०० रन बनाएको थियो । जेम्स भिन्सले २५ बलमा ४४ रनको अविजित इनिङ खेले । जवाफमा मोरिसभिलको टोलीले ९ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सकेको थियो ।
टोलीले २८ रनमा ८ विकेट गुमाएको थियो र त्यसपछि बसिल हमिदले १८ बलमा ४७ रनको अविजित इनिङ खेले । मोरिसभिलको यो लगातार दोस्रो हार हो।दोस्रो खेलमा डेक्कन ग्लाडियटर्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर १०८ रन बनाएको थियो।
जेसन रोयले ३३ बलमा ५७ र कोहलर क्याडमोरले १९ बलमा ४० रन बनाए । यद्यपि चेन्नई ब्रेभ्सले यो लक्ष्य ९.३ ओभरमा मात्रै पुरा गर्यो । डेनियल लरेन्सले १८ बलमा ४० र कार्लोस ब्राथवेटले ७ बलमा २७ रन बनाएर टोलीलाई जित दिलाए ।
तेस्रो खेलमा बंगला टाइगर्सले निर्धारित १० ओभरमा २ विकेट गुमाएर १३३ रन बनाएको थियो । इफ्तिखार अहमदले ३० बलमा ५ चौका र ८ छक्का प्रहार गर्दै ८३ रनको उत्कृष्ट इनिङ खेले । जवाफमा दिल्ली बुल्सको टोलीले तीन विकेटमा १२१ रन मात्रै बनाउन सकेन ।
टिम डेभिडले २० बलमा ६ छक्का र एक चौका प्रहार गर्दै ५० रनको उत्कृष्ट इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।जोर्डनले २१ बलमा ३४ रनको योगदान दिएका छन्।भने यस क्रममा उनले २ चौका र २ छक्का प्रहार गरेका थिए।