नामिबिया र स्कटल्याण्डलाई धूलो चटाउन कडा अभ्यासमा नेपाली टिम(अभ्यासका फोटोहरु)

काठमाण्डौ।

नेपाली क्रिकेट टिमले हाल नामिबियामा हुने विश्वकप छनोट लिग २ को तयारी रहेको छ।सिरिजमा आयोजक नामिबिया, नेपाल र स्कटल्याण्ड रहेको छ ।सिरिज आगामी डिसेम्बर २ देखि ८ सम्म हुनेछ ।लिग-२ अंक तालिकाको शिर्ष ३ टिम एकदिवसीय विश्वकप छनोट खेल्न छनोट हुनेछ।

नेपालले लिगको तयारीको लागि भारतमा २ अभ्यास खेल खेलेको थियो।जसमा पहिलो खेलमा नेपाल दिल्ली एसोसियसनसँग २ विकेटले पराजित भएको हो। ३०४ रनको विशाल लक्ष्य पछ्याएको एसोसियसनले ४९.३ ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनाएको हो।

नेपालका लागि सोमपाल कामी,ललित राजवंशीले एक एक विकेट लिएका छन्।भने नन्दन यादव २ विकेट लिएका थिए।भने कुशल भुर्तेलले ३ विकेट लिएका थिए।

नेपालले एसोसियसनविरुद्ध उत्कृष्ट कमब्याक गर्दै विशाल लक्ष्य प्रस्तुत गरेको थियो।नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३०३ रन बनाएको थियो।नेपाली एसोसियसनलाई ३०४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सतक प्रहार गरेका छन्। रोहित कुमार पौडेल १३५ बलमा ११३ रनमा आउट भएका छन् ।भने दिपेन्द्र सिंह ऐरीले ६२ बलमा १०९ रनमा आउट भएका छन्।यस क्रममा उनले ८ चौका ९छक्का प्रहार गरेका छन्।

यस्तै दोस्रो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनलाई ६ विकेटले पराजित गरेको थियो।१५८ रनको लक्ष्य पछ्याएको नेपालले २८.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ४८ रनमा अविजित रहेका छन्।भने रोहित कुमार पौडेलले २४ रन बनाए। नेपालका लागि अर्जुन साउदले २८ रन र आशिफ शेख ३० रन बनाएर आउट भएका छन्।

यस अघि अरुण जेट्ली स्टेडियममा घरेलु टोली दिल्लीले टस जितेर पहिला ब्याटिङ गरेको थियो।दिल्लीले ४०.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १५८ रनको लक्ष्य प्रस्तुत गरिएको थियो।

नेपालका लागि सोमपालले पहिलो विकेट लिएका छन्।नेपालका लागि कुशल भुर्तेलले ६ ओभरमा १७ रन दिएर दुई विकेट लिएका छन्।सागर ढकालले ५ओभरमा १२ रन दिएर ५ विकेट लिएका छन्।भने ललित राजवंशीले ६ ओभरमा १७ रन दिएर १ विकेट लिएका छन्।

लिग-२ अंक तालिकाको शिर्ष ३ टिम एकदिवसीय विश्वकप छनोट खेल्न छनोट हुनेछ।सिरिजमा आयोजक नामिबिया, नेपाल र स्कटल्याण्ड रहेको छ ।सिरिजको अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।

नेपालले २० खेलमा १७ अंक जोडेको छ ।नामिबियाले २५ म्याच खेल्दा १५ खेलमा जित र १० मा भने हारको छ ।३० अंक जोडिसकेको नामिबिया तालिकाको तेस्रो स्थानमा छ ।

स्कटल्याण्ड २८ खेलमा ४० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।पुछारमा रहेको पिएनजीले २७ मध्ये दुई खेलमा मात्र जित निकालेको छ ।३४ खेल खेल्दा अमेरिकाले १५ जित र १६ हार बेहोर्दै ३३ अंक बटुलेको छ।

नेपाली टिमको अन्तिम तयारीको फोटो (क्यानबाट)

सम्बाददाता

Leave a Reply

Next Post

पाकिस्तानका अहमदले गरे छक्का छक्काको वर्षा,टिमको विशाल जित

Wed Nov 30 , 2022
काठमाण्डौ। अबुधाबी टी १० लिगको सातौं दिन कुल तीन खेल खेलिएका छन् । यस क्रममा टिम अबुधाबीले मोरिसभिल साम्प आर्मीलाई १८ रनले पराजित गरेको थियो । चेन्नई ब्रेभ्सले डेक्कन ग्ल्याडियटर्सलाई ६ विकेटले हराएको छ । बंगला टाइगर्सले दिल्ली बुल्सलाई १२ रनले हरायो । यस क्रममा धेरै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका […]

You May Like

error: