काठमाडौं।
नेपाली टिम ट्रेण्ड टू किल (टीटूके) विश्व च्याम्पियनसिपको छनोट प्रक्रिया पार गरी पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गरेको छ ।नेपालका तीन टिममध्ये टीटूकेले सबैभन्दा ठूलो सफलता पाएको हो ।
यो नेपाली पब्जीकै सबैभन्दा ठूलो सफलता हो । टीटूकेका अभिशेकसिंह, सुयोग मुल्मी, वसन्त गौतम, सन्देश प्रधान र रिग्देन बज्राचार्यले यो सफलता दिलाएका हुन् ।समूह चरणमा कुल पुरस्कार राशी २ लाख ५० हजार डलर रहेको छ ।
समूहको स्पर्धामा तेस्रो भएको टीटूकेले ८० हजार अमेरिकी डलर पुरस्कार पाउने निश्चित भइसकेको छ । फाइनल चरणमा उसको प्रतिस्पर्धाका आधारमा पुरस्कार बढ्दै जानेछ । फाइनल चरणको नतिजाका लागि मात्र १ लाख ५० हजार अमेरिकी डलर कुल पुरस्कार छ ।
यो पनि पढ्नुहोस्;कतार विश्वकप : आज चार खेल हुँदै
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् ।कतार विश्वकपमा मंगलबारबाट समूह चरण अन्तर्गतको अन्तिम चरणका खेलहरु सुरु हुनेछ । जसमा समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् ।
पहिलो दुई खेलमा समूह ‘ए’ मा रहेका ईक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतार बीच प्रतिस्पर्धा हुनेछ।दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ । यस खेलहरुबाट समूह ‘ए’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।
दोस्रो दुई खेलमा समूह ‘बी’ मा रहेका ईरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्डबीच खेल हुदैछ ।दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ । यस खेलहरुबाट समूह ‘बी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।
एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।