नेपाललाई बलियो टोली वेस्टइन्डिज र दक्षिण अफ्रिकासँग खेल्ने ठूलो मौका

काठमाडौं ।

विश्वकप २०२३ का लागि भारत, पाकिस्तानसहित सात टोली हालको टिम वरियताका आधारमा छनोट भएका छन् । अफगानिस्तान र श्रीलंकाबीचको दोस्रो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ ।

योसँगै अफगानिस्तान अर्को वर्ष (२०२३ मा) हुने एकदिवसीय विश्वकपका लागि छनोट भएको छ । यो बराबरी खेलेपछि अफगानिस्तान हालको एकदिवसीय वरियतामा ११५ अंकसहित सातौं स्थानमा छ ।

अब अफगानिस्तान विश्वकपका लागि छनोट भइसकेको छ भने त्यसको माथिका सबै ६ टोली अर्को विश्वकप खेल्न पनि छनोट भइसकेका छन् । टोली वरियतामा भारत १३४ अंकसहित शीर्ष स्थानमा छ । योसँगै इंग्ल्याण्ड १२५ अंकसहित दोस्रो स्थानमा छ भने न्युजिल्यान्ड (नेट रन रेटमा पछाडि रहेका कारण) समान अंकसहित तेस्रोमा छ ।

योसँगै नेट रन रेटको भिन्नताका कारण १२० अंकसहित अष्ट्रेलिया चौथो, बंगलादेश पाँचौं र पाकिस्तान छैटौं स्थानमा छन् । आठौं स्थानमा वेस्ट इन्डिज (८८ अंक), नवौं स्थानमा आयरल्यान्ड (६८ अंक), दशौं स्थानमा श्रीलंका (६७ अंक) र ११औँ स्थानमा रहेको दक्षिण अफ्रिका (५९ अंक) छन् ।

आठ टोली आफ्नो टिम वरीयताका आधारमा सन् २०२३ मा हुने एकदिवसीय विश्वकपका लागि सीधै छनोट हुनेछन् । यसको मतलब वेस्ट इन्डिज, श्रीलंका र दक्षिण अफ्रिकाबाट एउटा मात्र टोली सीधै अर्को विश्वकपका लागि छनोट हुनेछन् भने अन्य टोलीले क्वालिफायर खेल खेल्नुपर्नेछ।

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीले पनि २०२३ को विश्व कप छनोटको लागि विश्वकप लिग २ खेली रहेका छन्।यदि नेपाल नेपालले लिग २ को खेल बाट शीर्ष ३ मा पर्ने सफल भए  २०२३ ओडीआई विश्वकप छनोटका लागि छनोट हुनेछन्।

यदि नेपाल लिग २ बाट छनोट भए यी वेस्ट इन्डिज, श्रीलंका र दक्षिण अफ्रिका मध्य २टिम सँग विश्व कप छनोट खेल्ने छ। विश्वकप लिग २ को १८औं राउण्ड पनि नामिबियामा डिसेम्बर १ देखि ८ सम्म हुनेछ, जसमा आयोजक टोली बाहेक , नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।

१७ राउण्डपछि ओमान ४४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । अमेरिका ३५ अंकसहित तेस्रो र नामिबिया ३२ अंकसहित चौथो स्थानमा छ ।

स्कटल्याण्डको टोली ४० अंकसहित दोस्रो स्थानमा छ ।छैटौंँ स्थानमा रहेको नेपालले २० म्याच खेल्दा आठमा जित र ११ खेलमा हार बेहोरेको छ । नेपालले एक खेल भने टाइ खेलेको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

बलियो टोली अर्जेन्टिना र जर्मनीसहित ४ टोली विश्व कपको ‘रेड जोन’ मा

Tue Nov 29 , 2022
काठमाडौं। कतारमा जारी २२औं संस्करकणको विश्वकप फुटबलमा सहभागी ३२ वटै राष्ट्रले आफ्नो दोस्रो खेल खेलिसकेका छन्। प्रत्येक समूहमा चार देशका दरले आठ समूह बनाएर समूह चरणको खेल भइरहेको छ। आज मंगलबारबाट भने समूह चरणका तेस्रो खेल सुरु हुँदैछन्। तेस्रो चरणको खेल सुरु हुन लाग्दा उपाधि दाबेदारको रुपमा हेरिएका हेबिवेट टिम […]

You May Like

error: