पाकिस्तानका खेलाडीले गरे टि १० लिगमा छक्का चौकाको वर्षा

काठमाण्डौ।

अबुधाबी टी १० लिगको छैटौं दिन कुल दुई खेल खेलिएका छन् । यस अवधिमा न्युयोर्क स्ट्राइकर्स र नर्दन वारियर्सले आ–आफ्ना खेल जितेका छन् । यी दुवै खेलमा धेरै खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो । डेभिड मलान र किरोन पोलार्ड जस्ता खेलाडी असफल भए पनि पहिलो खेलमा न्यूयोर्क स्ट्राइकर्सले मोरिसभिल साम्प आर्मीलाई १२ रनले पराजित गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युयोर्क स्ट्राइकर्सले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो । पल स्टर्लिङले १३ बलमा ३४ र आजम खानले २१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ४७ रनको धमाकेदार इनिङ्स खेले ।

मोरिसभिलका ड्वेन प्रिटोरियस र करिम जनातले ३–३ विकेट लिए ।जवाफमा मोरिसभिलको टोलीले ५ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।मोइन अलीले २५ बलमा ४२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस प्रतियोगितामा मोरिसभिल साम्प आर्मीको यो पहिलो हार हो तर यसका बाबजुद पनि उनी दोस्रो स्थानमा छन्। यता दोस्रो खेलमा नर्दन वारियर्सले चेन्नई ब्रेभ्सलाई ३४ रनले पराजित गरेको थियो ।

पहिले ब्याटिङ गरेको नर्दन वारियर्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको थियो ।उस्मान खानले २४ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ६५ रनको उत्कृष्ट इनिङ खेले ।एडम लिथले पनि २५ बलमा अविजित ५४ रन बनाए ।

जवाफमा चेन्नई ब्रेभ्सको टोलीले ५ विकेट गुमाएर १०७ रन मात्रै बनाउन सकेको थियो । कार्लोस ब्राथवेटले १३ बलमा २६ र जेम्स फुलरले १६ बलमा अविजित ३६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । नर्दन वारियर्स दोस्रो जित हात पार्दै अंक तालिकाको तेस्रो स्थानमा छ ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाललाई बलियो टोली वेस्टइन्डिज र दक्षिण अफ्रिकासँग खेल्ने ठूलो मौका

Tue Nov 29 , 2022
काठमाडौं । विश्वकप २०२३ का लागि भारत, पाकिस्तानसहित सात टोली हालको टिम वरियताका आधारमा छनोट भएका छन् । अफगानिस्तान र श्रीलंकाबीचको दोस्रो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ । योसँगै अफगानिस्तान अर्को वर्ष (२०२३ मा) हुने एकदिवसीय विश्वकपका लागि छनोट भएको छ । यो बराबरी खेलेपछि अफगानिस्तान हालको एकदिवसीय […]

You May Like

error: