के साँच्चै मेस्सीले पीएसजी छाड्लान्?, अमेरिकी क्लबबाट आयो कीर्तिमानी रकमको अफर

काठमाडौँ ।

कतारमा विश्वकप जारी रहेको बेलामा अर्जेन्टिनाका फुटबर स्टार लियोनेल मेस्सीले अर्को सिजनमा पीएसजी छाड्न सक्ने चर्चा सुरु भएको छ।

बेलायती समाचार पत्रिका द टाइम्सका अनुसार अमेरिकी क्लब इन्टर मियामीले मेस्सीलाई कीर्तिमानी रकममा भित्र्याउन लागेको चर्चा सुरु भएको हो। मेस्सी विश्वकप सकिएसँगै इन्टर मियामीमा कीर्तिमानी मूल्यमा जान सक्ने समाचारमा उल्लेख छ।

पीएसजीका स्टार मेस्सीको क्लबसँगको सम्झौता सन् २०२३ को समरमा सकिनेछ। यस्तोमा उनको आगामी कदम के हुन सक्छ भन्नेबारे स्पष्ट हुन सकेको छैन।

उनी बार्सिलोना नै फर्किन पनि सक्ने अनुमान भइरहेको समयमा अमेरिकी क्लबले कीर्तिमानी रकमको अफर गरेको समाचार आएको हो।

समाचारमा उल्लेख गरिएअनुसार मेस्सी अमेरिकी क्लबमा जोडिएको अवस्थामा उनी एमएलएस लिगको सबैभन्दा महँगा खेलाडी हुनेछन्। अहिलेको प्रस्ताव स्वीकार गरेर अमेरिका गएको अवस्थामा उनले पैसाको हिसाबमा छर्दन साकिरीलाई पनि पछि पार्नेछन्।

साकिरी वार्षिक ८१ लाख ५० हजार अमेरिकी डलरमा सिकागो फायरमा आबद्ध भएका थिए। मेस्सी अमेरिकी लिगमा आबद्ध हुनुले भने अमेरिकी लिगलाई पनि अन्तर्राष्ट्रिय ख्याति मिल्ने र यो लिग विश्वका प्रमुख लिगको रुपमा पनि स्थापित हुने जानकारहरुको भनाइ छ।

समाचारमा उल्लेख गरिएअनुसार अमेरिकी क्लबले बार्सिलोनामा रहँदा मेस्सीसँगै रहेका सेस फाब्रेगास र लुइस स्वारेजलाई पनि आफ्नो टोलीमा समावेश गर्ने तयारी गरिरहेको छ।

अहिले विश्वकप फुटबल चलिरहेकाले अहिले नै मेस्सीले यसबारे आधिकारिक धारणा सार्वजनिक गर्ने सम्भावना कम छ। उनले विश्वकप लगत्तै यसबारे धारणा आउन सक्ने अपेक्षा छ।

सम्बाददाता

Leave a Reply

Next Post

रोमाञ्चक बन्दै सर्बिया र क्यामरुनको खेल, पहिलो हाफ सक्किदा सर्बियाद्वारा क्यामरुनमाथि अग्रता

Mon Nov 28 , 2022
काठमाण्डु। सर्बियाले फिफा विश्वकप २०२२ को समूह ‘जी’ अन्तर्गत जारी खेलको नाटकिय बनेको पहिलो हाफमा क्यामरुनमाथि अग्रता कायम गरेको छ ।कतारको अल जानोब स्टेडियममा सोमबार जारी समूह चरण अन्तर्गतको खेलको पहिलो हाफ सक्किदा सर्बियाले क्यामरुनमाथि २–० गोल अन्तरको अग्रता बनाएको हो । खेलको २९औं मिनटमा निकोलस एन्कौलौंको असिस्टमा कार्ल्सले गोल […]

You May Like

error: