१९९४ को विश्वकपमा रचिएको यस्तो बिश्वकिर्तिमान जुन अहिले सम्म तोडिएको छैन

काठमाडौँ ।

रोबर्ट लेवान्डोस्कीले विश्वकप फुटबल प्रतियोगितामा एक दशक लगाए । विश्वकपमा एक गोल गर्दा पनि इतिहास बन्छ । अझ कुनै खेलाडीले ह्याट्रिक गरेको अवस्थामा थुप्रै रेकर्ड नै बन्छन् ।

विश्वकपमा एक गोल गर्नु खेलाडीको सपना हुन्छ । सन् १९९४ को विश्वकपमा रसियाका ओलेग सालेन्कोले यस्तो रेकर्ड बनाए, जुन अहिलेसम्म पनि अजेय रहेको छ ।

सो विश्वकपमा रसियाले क्यामरुनविरुद्ध ६–१ को सानदार जित निकालेको थियो । सो खेलमा ओलेग सालेन्को चम्किएका थिए । विश्वकप इतिहासमै रसियाले फराकिलो अन्तरले जित निकाल्दा सालेन्कोले पाँच गोल एक्लैले गरेका थिए ।

खेलको १५औँ मिनेटमा क्यामरुनको कमजोर डिफेन्सको फाइदा उठाउँदै उनले पहिलो गोल गरे । सालेन्कोले मध्यान्तरअघि नै ह्याट्रिक पूरा गरिसकेका थिए ।

खेलको ४४औँ मिनेटमा उनले डिबक्सभित्र सहजै गोल गरी प्रतियोगितामा पहिलो ह्याट्रिक गर्न सफल भए । सालेन्को यतिमै रोकिएनन् । उनले खेलको ७२औँ र ७५औँ मिनेटमा थप दुई गोल गरे ।

खेलमा उनी नै म्यान अफ दी म्याच भए । क्यामरुनबाट कीर्तिमानी रूपमा रोजर मिलाले खेलको ४६औँ मिनेटमा एक गोल फर्काएका थिए । सालेन्कोले रसिया टोलीबाट आठ अन्तर्राष्ट्रिय खेलमा ६ गोल गरेका छन् ।

यसअघि उनी युक्रेनी टोलीमा थिए । युक्रेनबाट सन् १९९२ मा एकपटक अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका सालेन्कोले करिअर रसियन क्लबमै बिताए । क्लबस्तरीयमा उनले दुई सय ४८ खेलमा ८६ गोल गरेका छन् ।

यो पनि पढ्नुहोस्: फिफा विश्वकपमा आज आठ टिम भिड्दै, कुनकुन टिम कतिबेला भिड्दैछन?
फिफा विश्वकप अन्तर्गत आज चारवटा खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह ‘जी’ का क्यामरुन र सर्बिया भिड्दैछन। अल जानोउब स्टेडियममा खेल पौने ४ बजे सुरु हुनेछ। समूहमा यसअघिको खेलमा दुबै टोलीले पराजय ब्यहोरेका थिए।

आज हुने दोस्रो खेलमा समूह ‘एच’का दक्षिण कोरिया र घाना भिड्दै छन्। एजुकेसन सिटी स्टेडियममा खेल साँझ पौने ७ बजे सुरु हुनेछ। कोरिया आफ्नो पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरीमा रोकिएको थियो भने घानाले पोर्चुगलसँग ३-२ गोलअन्तरले पराजय ब्यहोरेको थियो।

तेस्रो खेलमा समूह ‘जी’का ब्राजिल र स्वीजरल्याण्ड स्टेडियम ९७४ मा भिड्ने भिडने छन्। आफ्नो पहिलो खेलमा जित निकालेका यी दुबै टोली लगातार जित निकाल्दै नकआउट चरणको यात्रा सुनिश्चित गर्ने होडमा हुनेछन्। ब्राजिलले यसअघि सर्बियालाई २-० गोलअन्तरले हराएको थियो भने स्वीजरल्याण्डले क्यामरुनलाई १-० गोलअन्तरले हराएको थियो।

आज राति हुने चौथो खेलमा उरुग्वे र पोर्चुगल भिड्नेछन्। समूह ‘एच’ अन्तर्गतको यो खेल पौने १ बजे लुसइल स्टेडियममा हुनेछ। फिफा विश्वकपमा यी दुई टोलीबीचको यो दोस्रो खेल हो। यसअघि सन् २०१८ को विश्वकपमा पोर्चुगल उरुग्वेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

सम्बाददाता

Leave a Reply

Next Post

रनको बर्षा गर्दै भारतका ऋतुराजले बनाए ठूलो कीर्तिमान

Mon Nov 28 , 2022
काठमाण्डु। भारतमा जारी विजय हजारे ट्रफीमा सोमबार इतिहास रचिएको छ। महाराष्ट्र र उत्तर प्रदेशबीचको खेलमा फ्यानहरूले एकै ओभरमा सात छक्का हेर्न पाएका थिए। यो कीर्तिमान भारतमा चेन्नई सुपर किंग्सबाट खेल्ने ऋतुराज गायकवाडले बनाएका थिए। प्रिमियर लिगको क्वाटरफाइनल खेलमा पनि दोहोरो शतक प्रहार गरेका छन् । उत्तर प्रदेशविरुद्धको यस खेलमा पहिले […]

You May Like

error: