नेपालसँग खेल्नु अघि नामिबियाको विशाल जित,यस्तो बन्यो लिग २ को अंक तालिका

काठमाण्डु।

आईसीसी विश्वकप लिग २ को राउण्ड १७ को अन्तिम खेलमा आयोजक नामिबियाले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । नामिबियामा अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २११ रन बनाएको थियो। जसको जवाफमा नामिबियाले ४४.४ ओभरमा चार विकेट गुमाएर जित हात पारेको छ।

२११ रनको विजय लक्ष्य पछ्याएको नामिबियाले ४४.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।नामिबियाको जितको लागि ज्यान निकोल लोफ्टी-इटनलाई उनको अविजित ४३ रनको अविजित पारी खेल्ने।यस क्रममा उनले ६ चौका प्रहार गरेका।उनी खेलको प्लेयर अफ द म्याच घोषित गरियो।

नामिबियाले डेभान ला ककको ८५ बलमा ५९ रनको योगदान दिए।यस क्रममा उनले ४ चौका प्रहार गरेका थिए।भने इयान निकोल लोफ्टी–इटनको ४३ रनको योगदान दिए।कप्तान गेर्हार्ड इरास्मसले ४० बलमा ४१ रनको योगदान दिए ।यस क्रममा उनले ३ छक्का र २ चौका प्रहार गरेका छ।

यस अघि टस हारेर ब्याटिङमा निम्त्याएको संयुक्त राज्य अमेरिकाको टोलीको सुरुवात खराब रह्यो र चार विकेटमा ६३ रन थियो। इयान हल्यान्डले ४० र एन केन्जिगेले ३८ रन बनाएर टोलीलाई २०० भन्दा माथि पुर्याए । नामिबियाका लागि जेजे स्मित र रुबेन ट्रम्पलम्यानले ३–३ विकेट लिए ।

१७ राउण्डपछि ओमान ४४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । अमेरिका ३५ अंकसहित तेस्रो र नामिबिया ३२ अंकसहित चौथो स्थानमा छ । स्कटल्याण्डको टोली ४० अंकसहित दोस्रो स्थानमा छ । उल्लेखनीय कुरा के छ भने विश्वकप लिग २ बाट तीन टोलीले २०२३ ओडीआई विश्वकप छनोटका लागि छनोट हुनेछन्।

विश्वकप लिग २ को १८औं राउण्ड पनि नामिबियामा डिसेम्बर १ देखि ८ सम्म हुनेछ, जसमा आयोजक टोली बाहेक , नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ । यसपछि १९ औं र २०औं राउण्ड पनि डिसेम्बरमै हुनेछ जसको आयोजना नेपाल र पपुवा न्युगिनीले गर्नेछन् ।

सम्बाददाता

Leave a Reply

Next Post

दिलीप नाथले छक्का छक्काको वर्षा गर्दा पनि भारतको क्लबसँग पुलिस पराजित

Sun Nov 27 , 2022
काठमाण्डु। पहिलो संस्करणको सगरमाथा कप टी-२० क्रिकेट प्रतियोगितामा भारतीय टोली ध्रुव क्रिकेट एकेडेमीबिरुद्धको खेलमा नेपाल पुलिस पराजित भएको छ ।विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा आईतबार भएको खेलमा पुलिस ध्रुव एकेडेमीसँग १९ रनले पराजित भएको हो । ध्रुव एकेडेमीले दिएको १७५ रनको विजयी लक्ष्य पछ्याएको पुलिस १८.३ ओभरमा अलआउट हुँदै १५५ मा […]

You May Like

error: