सागर ढकालले लिए दिल्लीको आधार विकेट

काठमाण्डौ।

नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनविरुद्ध झिनो लक्ष्य तर्फ गएको छ। अरुण जेट्ली स्टेडियममा घरेलु टोली दिल्लीले टस जितेर पहिला ब्याटिङ गरेको थियो।दिल्लीले ३७ ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको छ।

नेपालका लागि सोमपालले पहिलो विकेट लिएका छन्।नेपालका लागि कुशल भुर्तेलले ६ ओभरमा १७ रन दिएर दुई विकेट लिएका छन्।सागर ढकालले ५ ओभरमा १२ रन दिएर ५विकेट लिएका छन्।भने ललित राजवंशीले ६ ओभरमा १७ रन दिएर १ विकेट लिएका छन्।

यस अघि भएको पहिलो खेलमा नेपाल एसोसियसन विरुद्ध पराजित भएको थियो।भारतको दिल्लीमा भएको खेलमा नेपाल दिल्ली एसोसियसनसँग २ विकेटले पराजित भएको हो।३०४ रनको विशाल लक्ष्य पछ्याएको एसोसियसनले ४९.३ ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनाएको हो।

नेपालका लागि सोमपाल कामी,ललित राजवंशीले एक एक विकेट लिएका छन्।भने नन्दन यादव २ विकेट लिएका थिए।भने कुशल भुर्तेलले ३ विकेट लिएका थिए।नेपालले एसोसियसनविरुद्ध उत्कृष्ट कमब्याक गर्दै विशाल लक्ष्य प्रस्तुत गरेको थियो।नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३०३ रन बनाएको थियो।नेपाली एसोसियसनलाई ३०४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सतक प्रहार गरेका छन्। रोहित कुमार पौडेल १३५ बलमा ११३ रनमा आउट भएका छन् ।भने दिपेन्द्र सिंह ऐरीले ६२ बलमा १०९ रनमा आउट भएका छन्।यस क्रममा उनले ८ चौका ९छक्का प्रहार गरेका छन्।

नेपाली टोली आइतबार राती नामिबिया प्रस्थान गर्नेछ ।सिरिज आगामी डिसेम्बर २ देखि ८ सम्म हुनेछ ।लिग-२ अंक तालिकाको शिर्ष ३ टिम एकदिवसीय विश्वकप छनोट खेल्न छनोट हुनेछ।

सिरिजमा आयोजक नामिबिया, नेपाल र स्कटल्याण्ड रहेको छ ।सिरिजको अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।नेपालले २० खेलमा १७ अंक जोडेको छ ।नामिबियाले २५ म्याच खेल्दा १५ खेलमा जित र १० मा भने हारको छ ।३० अंक जोडिसकेको नामिबिया तालिकाको तेस्रो स्थानमा छ ।

स्कटल्याण्ड २८ खेलमा ४० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।पुछारमा रहेको पिएनजीले २७ मध्ये दुई खेलमा मात्र जित निकालेको छ ।३४ खेल खेल्दा अमेरिकाले १५ जित र १६ हार बेहोर्दै ३३ अंक बटुलेको छ।

सम्बाददाता

Leave a Reply

Next Post

सागरको घातक बलिङमा नेपालले पायो झिनो लक्ष्य

Sat Nov 26 , 2022
काठमाण्डौ। नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनविरुद्ध झिनो लक्ष्य पाएको छ । अरुण जेट्ली स्टेडियममा घरेलु टोली दिल्लीले टस जितेर पहिला ब्याटिङ गरेको थियो।दिल्लीले ४०.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १५८ रनको लक्ष्य प्रस्तुत गरिएको छ । नेपालका लागि सोमपालले पहिलो विकेट लिएका छन्।नेपालका लागि कुशल भुर्तेलले […]

You May Like

error: