बलियो टोली इंग्ल्यान्डमाथि अमेरिकाको सानदार प्रदर्शन

काठमाण्डु।

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी मा अमेरिका र इंग्ल्यान्डको खेल गोलरहित बराबरीमा सकिएको छ ।पहिलो खेलमा इरानमाथि ६–२ को सानदार जित निकालेको इंग्ल्यान्डले अल खोरस्थित अल बायत रंगशालामा निक्कै फितलो प्रदर्शन गऱ्यो । प्रिमियर लिगका स्टार खेलाडीहरु सुस्त देखिए । इंग्ल्यान्डको डिफेन्सलाई अमेरिकी खेलाडीहरुले पूरा खेलमा दबाबमा राख्यो । सन् १९६६ मा घरेलु भूमिमा भएको विश्वकपको चयाम्पियन इंग्ल्यान्डको प्रदर्शन बराबरी नतिजाको लागि खेलेजस्तै देखियो ।

खेलको दशौं मिनेटमा रहिम स्टर्लिङको कटब्याकमा ह्यारी केनको प्रहार अमेरिकी डिफेन्डर टिम रीमले विफल पारे ।लगत्तै प्राप्त कर्नरको रिबाउन्डमा मेसन माउन्टको प्रहार आकाशियो । २५ अ‍ौं मिनेटमा टिम वेहको क्रसमा वेस्टन मक्केनीको भली पोस्टभन्दा थोरै माथिबाट जाँदा अमेरिका अग्रता लिनबाट चुक्यो ।

३३ अ‍ौं मिनेटमा अमेरिकाका लागि क्रसबार बाधक बन्यो । क्रिस्टियन पुलिसिचले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोलरक्षक पिकफर्डले सहि ठम्याउन नसक्दा क्रसबारमा लागेर बाहिरियो । ४५ अ‍ौं मिनेटमा लुक शाको कटब्याकलाई बुकायो साकाले पोस्टको दिशा दिन सकेनन् । लगत्तै मेसन माउन्टको प्रहारलाई गोलरक्षक म्याट टर्नरले विफल पारे ।

पहिलो खेल वेल्सविरुद्ध १–१ मा टुंग्याएको अमेरिकाले लगातार दोस्रो बराबरीसँगै विश्वकपमा इंग्ल्यान्डविरुद्ध अपराजित यात्रालाई कायम राख्यो । सन् १९५० को संस्कणमा इंग्ल्यान्डमाथि १–० को नसोसचएको जित हात पारेको अमेरिकाले १२ वर्षअघि भएको समूह चरणको भेटमा १–१ मा टुंग्याएको थियो । उसले खाडी क्षेत्रमा आएर इंग्ल्यान्डविरुद्ध गोलरहित खेल्दै अंक बाँड्यो ।

दोस्रो हाफमा दुवै टोलीले विपक्षी गोलरक्षकलाई समस्या दिन सकेनन् । यस बराबरीले समूह बी को नकआउट समिकरण भने खुला बनेको छ । सबै ४ टोलीको अघि बढ्ने सम्भावना छ । इंग्ल्यान्ड ४ अंक, इरान ३ अंक, अमेरिका २ अंक र वेल्स १ अंक जोड्दै समुहबाट अघि बढ्ने लक्ष्यमा छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने,नेपाली टिममा व्यापक परिवर्तन

Sat Nov 26 , 2022
काठमाण्डौ। नेपालले आज भारतमा दोस्रो एकदिवसिय अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट एसोसियसनसँग नेपालले आज टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ।यस अघि भएको पहिलो खेलमा नेपाल एसोसियसनविरुद्ध  पराजित भएको छ । भारतको दिल्लीमा भएको खेलमा नेपाल दिल्ली एसोसियसनसँग २ विकेटले पराजित भएको हो।३०४ रनको विशाल लक्ष्य पछ्याएको एसोसियसनले ४९.३ ओभरमा […]

You May Like

error: