विश्वकप लिग २मा अमेरिकाको अर्को फराकिलो जित,नेपाललाई विश्वकप छनोट हुने निकै कठिन

काठमाडौँ।

आईसीसी विश्वकप लिग २ को पाँचौं खेलमा अमेरिकाले पपुवा न्युगिनीलाई ३५ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको अमेरिकी टोलीले ७ विकेट गुमाएर २६६ रन बनाएको थियो ।

जवाफमा पपुवा न्युगिनी २ सय ३१ रनमा अलआउट भयो । युएस एनले टस जितेर उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्‍यो। ओपनर ब्याट्सम्यान स्टिभन टेलर र सुशान्त मोदानीले पहिलो विकेटका लागि ५० रन जोडे ।

यसैबीच मोदानी १९ रन बनाएर सिमित भए । यहाँबाट मोनांक पटेल र टेलरले पारीलाई अगाडि बढाए र दुवैले उत्कृष्ट अर्धशतकीय पारी खेले। टेलर र पटेल दुवैले ६६–६६ रनको पारी खेले ।

उनीपछि आरोन जोन्सले पनि त्यस्तै ब्याटिङ गर्दै अर्धशतक बनाए । उनी व्यक्तिगत ५३ रन बनाएर आउट भए । गजानन्द सिंहले पनि २२ रनको इनिङ खेल्दै टोलीको कोर २५० मा पुर्याए ।

अन्ततः अमेरिकी टोलीले ७ विकेट गुमाएर २६६ रन बनाउन सफल भयो । जवाफमा पपुवा न्युगिनी खेल्न सकेन । एकपछि अर्को विकेट न्युगिनीको पतन जारी रहे तर कप्तान असद भालाले हार मानेनन् ।

उनले क्रिजको एक छेउ समातेर रन बनाए । तर, अर्को छेउबाट सहयोग नपाएपछि पपुवा न्युगिनी पराजित भयो । असद वाला ९४ रन बनाएर आउट भए ।

रिले हेकुरेले पनि ३८ रन बनाए । अन्य ब्याट्सम्यान फ्लप भए र न्युगिनी २३१ रनमा आउट भयो । अमेरिकाका जसदीप सिंहले ४ विकेट लिए ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध घरेलु टोली नामिबिया ३ विकेटले विजयी भएको थियो । बुधबार भएको खेलमा पिएनजीले दिएको २ सय ३७ रनको लक्ष्य नामिबियाले ४८ ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।

विश्वकप लिग–२ मा नामिबियाको यो १५ औं जित हासिल गरेको छ । नामिबियाले २५ म्याच खेल्दा १५ खेलमा जित र १० मा भने हारको छ ।३० अंक जोडिसकेको नामिबिया तालिकाको तेस्रो स्थानमा छ । पुछारमा रहेको पिएनजीले २७ मध्ये दुई खेलमा मात्र जित निकालेको छ ।

छैटौंँ स्थानमा रहेको नेपालले २० म्याच खेल्दा आठमा जित र ११ खेलमा हार बेहोरेको छ । नेपालले एक खेल भने टाइ खेलेको छ । नेपाली टोली नामिबियामा सिरिज खेल्न आईतबार नामिबिया प्रस्थान गर्नेछ ।

अंक तालिकामा

सम्बाददाता

Leave a Reply

Next Post

नेपाल भन्दा पछि रहेको टोलीले विश्वकप छनोटमा गर्यो बलियो प्रदर्शन, गर्यो फाइनलमा प्रवेश

Fri Nov 25 , 2022
काठमाडौँ । रुवाण्डामा १७ देखि २५ नोभेम्बरसम्म आईसीसी पुरुष टी–२० विश्वकप अफ्रिका क्वालिफायर ए आयोजना भएको थियो र आयोजक रुवाण्डा केन्यासँगै क्षेत्रीय फाइनलका लागि छनोट भएको छ। केन्याले ७ खेलमा ५ जित (२ खेल परित्याग) हासिल गरेको छ र १२ अंकसहित केन्याको टोली शीर्ष स्थानमा छ । रुवाण्डा टोली ७ […]

You May Like

error: