काठमाडौँ ।
फरवार्ड नेयमार र डिफेन्डर डानिलोले फिफा विश्वकपको समूह चरणका बाँकी खेल गुमाउने भएका छन्। बिहीबार भएको समूह चरणको पहिलो खेलमा चोट बोकेपछि बाँकी खेल गुमाउने भएका हुन्।
सर्वियामाथि २–० को जित निकाल्ने क्रममा नेयमारले दाँया खुट्टामा चोट बोक्दै मैदान छाडेका थिए। टोलीका चिकित्सक रोड्रिगो लास्मारले नेयमारले कम्तीमा पनि दुई खेल गुमाउने बताएका हुन्।
सर्वियन डिफेन्डर निकोला मिलेन्कोभिचको खराब ट्याकलका कारण एंकलमा चोट बोकेपछि नेयमारले ८० औँ मिनेटमा मैदान छाडेका थिए।
ब्राजिलकै अर्का खेलाडी ड्यानिलोले पनि खुट्टाकै चोटका कारण खेल गुमाउने छन्। समूह चरणको दोस्रो खेलमा ब्राजिलले सोमबार स्वीट्जरल्यान्डसँग तथा शुक्रबार क्यामरुनसँग खेल्नछ।
यो पनि पढनुहोस्: वेल्समाथि इरानको सानदार जित,यी खेलाडी बने जितको हिरो:
विश्वकप फुटबलमा ग्यारेथ बेलको टिम वेल्स इरानसँग पराजित भएको छ। खेलको ८६ औं मिनेटमा १० खेलाडीमा समेटिएको वेल्स अतिरिक्त समयमा २ गोल खाँदै एशियन देश इरानसँग स्तब्ध भएको हो।
वेल्सका गोलरक्षक हेनेस्सेले रातो कार्ड खाँदै मैदान छाडे। याे विश्वकपमा रातोकार्ड खाने उनी पहिलो खेलाडी हुन्। हेनेसले इरानका मेहदी तारेमीलाई खराब ट्याकल गरेपछी रेफ्रिले भिएआरको सहायतामा रातोकार्ड देखाएका हुन्।
अतिरिक्त समयको ८ औं मिनेटमा रुजबेह चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि इरानले दोस्रो गोल थप्दै महत्वपुर्ण ३ अंक बटुल्दै अन्तिम १६ को संभावना जिवित राखेको हो।
इरानका लागि दोस्रो गोल रामिन रेजाएनले गरे। पहिलो खेलमा इङ्ल्याण्डसँग पराजित भएको इरानले ३ अंक जोडेको छ। वेल्सले भने पहिलो खेलमा अमेरिकासँग १/१ को बराबरी खेलेको थियो। यो नतिजाले दुवै टोलिको अघिल्लो चरण यात्रा कायम छ।
तर त्यसका लागि अन्तिम खेल जित्नु पर्ने हुन्छ। त्यो अवस्थामा आज राति हुने अमेरिका र इङ्ल्याण्डको नतिजाले यी टोलिको अघिल्लो यात्रा बारे निश्चित हुन्छ। समूहको अन्तिम खेलमा इरान र अमेरिका तथा वेल्स र इङल्याण्याण्ड भिड्ने छन्।