काठमाण्डौ।
नेपालले आज भारतमा दोस्रो एकदिवसिय अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट एसोसियसनसँग नेपालले आज टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ।यस अघि भएको पहिलो खेलमा नेपाल एसोसियसनविरुद्ध पराजित भएको छ ।
भारतको दिल्लीमा भएको खेलमा नेपाल दिल्ली एसोसियसनसँग २ विकेटले पराजित भएको हो।३०४ रनको विशाल लक्ष्य पछ्याएको एसोसियसनले ४९.३ ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनाएको हो।
नेपालका लागि सोमपाल कामी,ललित राजवंशीले एक एक विकेट लिएका छन्।भने नन्दन यादव र कुशल भुर्तेलले २ विकेट लिएका छन्।नेपालले एसोसियसनविरुद्ध उत्कृष्ट कमब्याक गर्दै विशाल लक्ष्य प्रस्तुत गरेको थियो।नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३०३ रन बनाएको थियो।नेपाली एसोसियसनलाई ३०४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सतक प्रहार गरेका छन्। रोहित कुमार पौडेल १३५ बलमा ११३ रनमा आउट भएका छन् ।भने दिपेन्द्र सिंह ऐरीले ६२ बलमा १०९ रनमा आउट भएका छन्।यस क्रममा उनले ८ चौका ९छक्का प्रहार गरेका छन्।
नेपालका लागि ज्ञानेन्द्र मल्ल,अर्जुन साउद र आशिफ शेख सुन्ने रनमा आउट भएका छन्।नेपालले भारतमा एक साता तयारी गर्ने छन् । नेपाली टोली आइतबार राती नामिबिया प्रस्थान गर्नेछ ।
सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरिसकेको छ । नन्दन यादवले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।सिरिज आगामी डिसेम्बर २ देखि ८ सम्म हुनेछ ।
लिग-२ अंक तालिकाको शिर्ष ३ टिम एकदिवसीय विश्वकप छनोट खेल्न छनोट हुनेछ। अधिकारिक रुपमा घोषित नभएता पनि अंकतालिकाको शिर्ष-५ टिमको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित हुने बताईएको छ। नेपालको १६ खेल खेल्न बाँकी हुँदा १७ अंक मात्र रहेकोले शिर्ष-३ पुग्न कम्तिमा आधा या सो भन्दा बढी खेल जित्न पर्नेहुन्छ।
सिरिजमा आयोजक नामिबिया, नेपाल र स्कटल्याण्ड रहेको छ ।सिरिजको अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।नेपालले २० खेलमा १७ अंक जोडेको छ ।नामिबिया २२ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।स्कटल्याण्ड २८ खेलमा ४० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
३४ खेल खेल्दा अमेरिकाले १५ जित र १६ हार बेहोर्दै ३३ अंक बटुलेको छ। विश्वकप लिग–२ मा नामिबियाको यो १५ औं जित हासिल गरेको छ । नामिबियाले २५ म्याच खेल्दा १५ खेलमा जित र १० मा भने हारको छ ।३० अंक जोडिसकेको नामिबिया तालिकाको तेस्रो स्थानमा छ । पुछारमा रहेको पिएनजीले २७ मध्ये दुई खेलमा मात्र जित निकालेको छ ।
छैटौंँ स्थानमा रहेको नेपालले २० म्याच खेल्दा आठमा जित र ११ खेलमा हार बेहोरेको छ । नेपालले एक खेल भने टाइ खेलेको छ । नेपाली टोली नामिबियामा सिरिज खेल्न आईतबार नामिबिया प्रस्थान गर्नेछ ।
नेपालको टोली :
रोहित पौडेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर साह, नन्दन यादव