काठमाण्डु।
भारतलाई सात विकेटले हराउँदै न्युजिल्यान्डले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । पहिले ब्याटिङ गरेको भारतले न्युजिल्यान्डलाई ३०७ रनको लक्ष्य दिएको थियो । जवाफमा किवी टोलीले ४७.१ ओभरमा तीन विकेट गुमाएर ३०९ रन बनाएर लक्ष्य सजिलै पुरा गर्यो । न्यूजिल्याण्डका लागि केन विलियम्सन र टम लाथमले उत्कृष्ट ब्याटिङ गरे । दुवैले २२१ रनको कीर्तिमानी साझेदारी गर्दै टोलीलाई जित दिलाएका छन् ।
पहिले ब्याटिङ गरेको भारतले श्रेयस अय्यर, शिखर धवन र शुभमन गिलको अर्धशतकको मद्दतले ७ विकेट गुमाएर ३०६ रन बनाएको थियो । न्युजिल्यान्डका लागि टिम साउथी र लोकी फर्गुसनले ३/३ विकेट लिए ।
भारतका लागि उमरान मलिकले सर्वाधिक २ विकेट लिए । तर, यस खेलमा सबै भारतीय बलर निकै महँगो साबित भए । इडेन पार्क अकल्यान्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ६ रन बनायो ।
भारतका श्रेयस ऐरले ७६ बलमा ८० रनको योगदान दिएका छन्।यस क्रममा उनले ४ चौका र ४ छक्का प्रहार गरेका छ।भने भारतका लागि ओपनर शुभमन गिल र कप्तान शिखर धवनले पहिलो विकेटका लागि १२४ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।यस क्रममा दुवैले अर्धसतक प्रहार गरेको थियो।आयोजकले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
शिखर धवन र शुभमन गिलको जोडी ओपनरको रुपमा टिम इन्डियाका लागि मैदानमा उत्रिएका थिए । दुवै भारतीय ब्याट्सम्यानले टिम इन्डियालाई उत्कृष्ट सुरुवात दिँदै पहिलो विकेटका लागि १२४ रन जोडे। लोकी फर्गुसनले शुभमन गिललाई ५० रनमा आउट गरेपछि अर्कोतर्फ उभिएका शिखर धवनले आफ्नो उत्कृष्ट अर्धशतकीय इनिङ्स खेल्दै ठूलो कीर्तिमान बनाएका छन् ।
शिखर धवन ७७ बलमा ७२ रनको योगदान दिएका छन्।यस क्रममा उनले १३ चौका प्रहार गरेका थिए।धवन गिल आउट भएको अर्को ओभरमा टिम साउथीको बलमा फिन एलेनबाट क्याच आउट भएका थिए ।
लोकी फर्गुसनले ऋषभ पन्तलाई १५ रनमा बोल्ड गरे । सूर्यकुमार यादव फर्गुसनको बलमा ४ रनमा क्याच भएपछि । पाँचौं विकेटका लागि श्रेयस र स्यामसनले ९४ रनको साझेदारी गरे।स्यामसन ३८ बलमा ४ चौकासहित ३६ रनमा क्याच आउट भए ।
वासिन्टन सुन्दर १६ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा अविजित रहे ।न्युजिल्यान्डका लोकी फर्गुसनले १० ओभरमा १ मेडनसहित ५९ रन खर्चेर ३ विकेट लिए । टिम साउथीले १० ओभरमा ७३ रन खर्चेर ३ विकेट लिए । एडम मिल्नेले एक विकेट लिए ।