न्यूजिल्याण्डका टिम साउथीले बनायो विश्व किर्तीमान,यस्तो कीर्तिमान बनाउने पहिलो खेलाडी

काठमाण्डु।

भारत र न्यूजिल्याण्डबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा न्यूजिल्याण्डका फास्ट बलर टिम साउथीले आफ्नो नाममा विशेष कीर्तिमान बनाएका छन् ।आज भएको पहिलो खेलमा उनले कीर्तिमान बनाएका छ

साउथी टेस्टमा ३०० विकेट एकदिवसीयमा २०० विकेट r टी–२० मा १०० भन्दा बढी विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् । योसँगै साउदी न्यूजिल्याण्डका लागि सबैभन्दा बढी विकेट लिने बलरको सूचीमा चौथो स्थानमा परेको छ ।

आज भारत विरुद्धको खेलमा साउदीले १० ओभरमा ७३ रन दिएर तीन विकेट लिएको थियो । साउदीले एकदिवसीय क्रिकेटमा हालसम्म २०२ विकेट लिएको छ ।

टिम साउथीले टेस्टमा ३४७ विकेट लिएका छन् । योसँगै उनले एकदिवसीय क्रिकेटमा २०२ विकेट लिएका छन् । साउदीले टि-२० मा अहिलेसम्म १३४ विकेट लिएको छ । यसबाहेक साउदी न्यूजिल्याण्डका लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी विकेट लिने बलरको सूचीमा परेको छ ।

न्युजिल्याण्डका लागि एकदिवसीय क्रिकेटमा ड्यानियल भिटोरीले सर्वाधिक विकेट लिएका छन् । उनको नाममा २९७ विकेट छन् । यो मामिलामा काइल मिल्स दोस्रो स्थानमा छन् । मिल्सले २४० विकेट लिएका छन् । तेस्रो नम्बरमा रहेका क्रिस ह्यारिसले २०३ विकेट लिएका छन् । योसँगै टिम साउथी २०२ विकेटसहित चौथो र क्रिस क्रेनस २०० विकेटसहित पाँचौं स्थानमा छन् ।

साउदी टी–२० मा सर्वाधिक विकेट लिने बलर पनि हुन।टिम साउथी टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले १०७ टी–२० खेलमा १३४ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन १८ रनमा पाँच विकेट रहेको छ । टी-२० मा उनको बलिङको औसत २३.७२ र इकोनोमी रेट ८.१६ छ। उनी टी–२० क्रिकेटमा दुई ह्याट्रिक लिने विश्वकै दोस्रो बलर हुन् । यसअघि श्रीलंकाका लसिथ मालिंगाले मात्रै यस्तो गरेका थिए ।

सम्बाददाता

Leave a Reply

Next Post

विलियम्सन र लाथम कीर्तिमानी साझेदारी भारतमाथि न्युजिल्यान्डको विशाल जित

Fri Nov 25 , 2022
काठमाण्डु। भारतलाई सात विकेटले हराउँदै न्युजिल्यान्डले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । पहिले ब्याटिङ गरेको भारतले न्युजिल्यान्डलाई ३०७ रनको लक्ष्य दिएको थियो । जवाफमा किवी टोलीले ४७.१ ओभरमा तीन विकेट गुमाएर ३०९ रन बनाएर लक्ष्य सजिलै पुरा गर्यो । न्यूजिल्याण्डका लागि केन विलियम्सन र टम लाथमले उत्कृष्ट […]

You May Like

error: