न्युजिल्यान्ड विरूद्ध भारतले पहिले ब्याटिङ गर्ने, यस्तो छ भारतको सुरुवाती-११

काठमाडौँ ।

न्युजिल्यान्ड र भारतबीचको तीन खेलको एकदिवसीय शृंखलाको पहिलो खेल आज नोभेम्बर २५ मा अकल्याण्डमा हुदैछ ।पहिलो खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको छ।

भारतीय टोली तीन खेलको टी–२० र एकदिवसीय सिरिजका लागि न्युजिल्याण्डको भ्रमणमा गएको हो। टी–२० सिरिजमा भारतले न्यूजिल्याण्डलाई १–० ले हराएको छ ।

उल्लेखनीय कुरा के छ भने, एकदिवसीय श्रृंखला आईसीसी विश्व कप सुपर लिगको एक हिस्सा हो। भारत र न्युजिल्याण्डबीच हालसम्म ११० एकदिवसीय खेल भएका छन्

जसमा भारतीय टोली ५५–४९ ले अगाडि छ । दुई टोलीबीचको पाँच खेल रद्द भएको छ भने एक खेल बराबरीमा टुंगिएको छ । पछिल्लो पटक भारतले न्युजिल्यान्ड भ्रमण गर्दा एकदिवसीय सिरिजमा भारतलाई आयोजकले ३-० ले हराएको थियो।

केन विलियम्सनको न्युजिल्यान्ड टोली ब्याटिङ र बलिङमा बलियो देखिन्छ । उनीहरूलाई घरेलु मैदानको फाइदा हुनेछ। भारतीय टोली कुन रणनीतिमा मैदान उत्रन्छ, त्यो हेर्नैपर्छ ।

न्युजिल्यान्डको तीव्र पिचमा उमरान मलिक घातक साबित हुन सक्छन्। उनले उत्कृष्ट गति लिएका छन् । हेर्ने हो भने यो खेलमा न्युजिल्यान्डको टोली निकै बलियो छ ।

यद्यपि, टीम इन्डियामा युवा र अनुभवको मिश्रण छ। न्यूजिल्याण्डको टोलीले भारतलाई हल्का रूपमा लिने गल्ती कहिल्यै गर्नेछैन।

पिच रिपोर्ट: 
अकल्याण्डमा टस जितेर दुवै टोलीले पहिले बलिङ गर्ने निर्णय गर्न सक्छन् । उच्च स्कोरिङ प्रतियोगिता यहाँ देख्न सकिन्छ र मैदान सानो भएकाले पहिले खेल्ने टोलीले ३०० भन्दा माथिको स्कोरमा ध्यान दिनुपर्नेछ ।

प्रत्यक्ष खेल:
नेपाली समय अनुसार खेल बिहान ७:१५ बजेबाट सुरु हुनेछ । अमेजन प्राइम प्रयोग गर्ने प्रयोगकर्ताहरूले यसलाई लाइभ हेर्न सक्छन्। तिनीहरू बाहेक, डिशको प्रयोगकर्ताहरूले डीडी स्पोर्ट्समा खेल लाइभ हेर्न सक्छन्।

पहिलो एकदिवसीय खेलका लागि दुबै टोलीको सुरुवाती ११:
भारतः  शिखर धवन (कप्तान), शुभमन गिल, ऋषभ पन्त (विकेट), श्रेयस लायर, सूर्यकुमार यादव, सञ्जु सैमसन, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, उमरान मलिक, अर्शदीप सिंह, युजभेन्द्र चाहल

न्यूजिल्याण्ड:  फिन एलेन, डेभन कोनवे, केन विलियमसन (कप्तान), टम लाथम (विकेट), डेरिल मिचेल, ग्लेन फिलिप्स, मिचेल सान्टनर, एडम मिल्ने,  म्याट हेनरी, टिम साउथी, लोकी फर्ग्युसन

सम्बाददाता

Leave a Reply

Next Post

शेफाली वर्माले तूफानी ब्याटिङ गर्दै १५ बलमा जोडिन ६८ रन, शतकबाट चुकिन यास्तिका

Thu Nov 24 , 2022
काठमाडौँ । महिला टी–२० च्यालेन्जर ट्रफी २०२२ को रोमाञ्चक खेल जारी छ र आज पनि प्रतियोगितामा दुई खेल खेलिएको छ । पहिलो खेल इण्डिया ए र इन्डिया बी बीच भएको थियो भने दोस्रो खेल इन्डिया सी र इन्डिया डीबीच भएको थियो । २२ नोभेम्बरमा भएको खेलमा साफाली बर्मा र यास्तिका […]

You May Like

error: