सन्दीपजस्तै घटनामा परेका क्रिकेट खेलाडीलाई सम्झाएर दिईयो सफाई

काठमाडौं।

श्रीलंका क्रिकेटर दनुस्का गुनाथिलको सशर्त जमानतमा रिहा भएका छन । बलत्कारका आरोपी दनुस्कालाई अष्ट्रेलियाको अदालतले सशर्त जमानत दिने निर्णय गरेपछि उनी रिहा भएका हुन् ।

दनुस्कालाई सशर्त जमानत गराउनमा श्रीलंका क्रिकेट बोडएले विशेष भूमिका खेलेको थियो । वोर्डले दनुस्कालाई सशर्त जमानतमा रिहा गर्न १ करोड ६० लाख रुपैयाँ अदालतमा जम्मा गरेका थियो ।

यसभन्दा अघि ७ नोभेम्वरमा दनुस्काले जमानतका लागि गरेको अपिल अष्ट्रेलियन अदालतले खारेज गरेको थियो । त्यसपछि उनले ११ दिन जेलमा बिताउनु परेको थियो । दनुस्काले एक २९ बर्षिय महिलासंग जवरजस्ती शारिरीक सम्वन्ध राखेका थिए ।

दनुस्कालाई जमानत प्राप्त भएपनि अदालतको सर्तअनुसार अव उनले प्रत्येक दिन पुलिस अफिसमा हाजिर लगाउनु पर्नेछ । त्यस्तै रातीको ९ बजेदेखि बिहान ६ बजेसम्म उनी कफ्र्यूमा रहने छन । यसको अलावा दनुस्का पीडित महिलासंग भेटघाट गर्न पाउने छैनन् ।

दुनस्कालाई जबरजस्ती बलत्कार गरेको आरोपमा अष्ट्रेलियाको पुलिसले ६ नोभेम्वरमा पक्राउ गरेको थियो । यो घटना २ नोभेम्वरमा घटेको थियो ।

श्रीलंका क्रिकेट टिमका अर्का दिग्गज खेलाडीलाई बोर्डले गर्यो निलम्बित:
श्रीलंका क्रिकेट बोर्डले आफ्ना प्रमुख खेलाडी चमिका करुणारत्नेलाई एक वर्षका लागि निलम्बन गरेको छ । सम्झौता उल्लङ्घन गरेको आरोपमा बोर्डले यी अलराउन्डरलाई यो सजाय सुनाएको हो ।

टी–२० विश्वकप खेल्ने क्रममा श्रीलंकाली टोलीले आफ्नो पक्षबाट केही उल्लङ्घन गरेको खबर आएको छ । यद्यपी उनले के गरे भन्ने जानकारी भने खुलेको छैन ।

श्रीलंका क्रिकेट बोर्डले एक विज्ञप्ति जारी गर्दै करुणारत्नेले सम्झौताको केही प्रावधान उल्लंघन गरेको बताएको छ । छानबिन समितिले उनको करियरमा असर नपर्ने भन्दै उनलाई यस्तो सजायको सिफारिस गरेको थियो ।

यसका साथै भविष्यका लागि चेतावनी दिन पनि भनिएको छ । छानबिन समितिको सिफारिसपछि बोर्डले उनलाई आगामी एक वर्षसम्म सबै फर्म्याटमा खेल्न प्रतिबन्ध लगाएको हो ।

टी–२० विश्वकप खेलेर श्रीलंकाको टोली अष्ट्रेलियाबाट आएको छ । त्यसपछि बोर्डले यो कारबाही गरेको हो । यद्यपी श्रीलंका क्रिकेट बोर्डले करुणारत्नेले के अपराध गरेको हो भन्ने बारे कुनै जानकारी दिएको छैन ।

टी–२० विश्वकपमा श्रीलंकाली टोलीको प्रदर्शन अपेक्षाअनुरूप भएन । टोली सुपर १२ चरणमा नै बाहिरिएको थियो। यद्यपि एसिया कपमा श्रीलंकाले धमाका गरेको थियो ।

त्यसमा श्रीलंकाले फाइनलमा पाकिस्तानलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यसपछि उनले यो गतिलाई विश्वकपमा लैजान सकेनन् ।

सम्बाददाता

Leave a Reply

Next Post

घानाविरुद्ध पोर्चुगलको रोमाञ्चक जित, विश्वकपमा रोनाल्डोले बनाए नया कीर्तिमान

Thu Nov 24 , 2022
काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा बिहीबार पोर्चुगलले घानामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै कतारमा जारी फिफा विश्वकपमा सुखद सुरुआत गरेको छ । कतारको रंगशाला ९७४ मा भएको खेलमा एक गोल गरेका रोनाल्डोले उक्त गोलसँगै विश्वकपको फरक पाँच संस्करणमा गोल गर्ने एकमात्र खेलाडीको कीर्तिमान बनाए । पोर्चुगलको जितमा […]

You May Like

error: