दिल्लीविरूद्ध नेपालले लियो पहिलो विकेट,नेपालको मध्यम सुरुवात

काठमाण्डौ।

नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट एसोसियसनविरुद्ध नेपालले बलिङमा मध्यम सुरुवात गरेको छ।नेपालविरूद्ध एसोसियसनले १० ओभरमा ५१ रन हुँदा एक विकेट गुमाएको छ।

नेपालले एसोसियसनविरुद्ध उत्कृष्ट कमब्याक गर्दै विशाल लक्ष्य प्रस्तुत गरेको छ।नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३०३ रन बनाएको छ।नेपाली एसोसियसनलाई ३०४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सतक प्रहार गरेका छन्। रोहित कुमार पौडेल १३५ बलमा ११३ रनमा आउट भएका छन् ।भने दिपेन्द्र सिंह ऐरीले ६२ बलमा १०९ रनमा आउट भएका छन्।यस क्रममा उनले ८ चौका ९छक्का प्रहार गरेका छन्।

नेपालका लागि ज्ञानेन्द्र मल्ल,अर्जुन साउद र आशिफ शेख सुन्ने रनमा आउट भएका छन्।नेपालले भारतमा एक साता तयारी गर्ने छन् ।नेपालले भारतको दिल्ली क्रिक्रेट टोलीसँग खेल्ने क्यानले जनाएको छ ।नेपाली टोलीले दिल्ली क्रिकेट टोलीसँग बिहीबार र शनिबार दुई एकदिवसिय अभ्यास खेल खेल्ने जनाएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार नेपालले दिल्ली ११ सँग खेल्नेछ । दिल्लीको मुख्य टोली विजय हजारे र रणजी ट्रफीमा ब्यस्त हुँदा दोस्रो स्तरको टोलीसँग खेल्ने जनाए । जहाँ स्तरिय खेलाडी खेल्ने प्रशान्तले दाबी गरे । नेपाली टोली आइतबार राती नामिबिया प्रस्थान गर्नेछ ।

सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरिसकेको छ । नन्दन यादवले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।सिरिज आगामी डिसेम्बर २ देखि ८ सम्म हुनेछ ।

लिग-२ अंक तालिकाको शिर्ष ३ टिम एकदिवसीय विश्वकप छनोट खेल्न छनोट हुनेछ। अधिकारिक रुपमा घोषित नभएता पनि अंकतालिकाको शिर्ष-५ टिमको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित हुने बताईएको छ। नेपालको १६ खेल खेल्न बाँकी हुँदा १७ अंक मात्र रहेकोले शिर्ष-३ पुग्न कम्तिमा आधा या सो भन्दा बढी खेल जित्न पर्नेहुन्छ।

सिरिजमा आयोजक नामिबिया, नेपाल र स्कटल्याण्ड रहेको छ ।सिरिजको अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।नेपालले २० खेलमा १७ अंक जोडेको छ ।नामिबिया २२ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।स्कटल्याण्ड २८ खेलमा ४० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

३४ खेल खेल्दा अमेरिकाले १५ जित र १६ हार बेहोर्दै ३३ अंक बटुलेको छ। नामिबियाको २४ खेलमा १४ जित र १० हारले २८ अंकछ। ओमान ३६ खेलमा ४४ अंक सहित पहिलो र स्कटल्याण्ड २८ खेलमा ४० अंक सहित दोश्रो स्थानमा छ। नेपाल २० खेलमा ८ जित, ११ हार र १ बराबरी खेलपछि १७ अंक सहित छैठौं स्थानमा छ।

सम्बाददाता

Leave a Reply

Next Post

दिल्लीमाथि नेपाल विशाल जित तर्फ,सोमपाल,नन्दन र ललितले लिए विकेट

Thu Nov 24 , 2022
काठमाण्डौ। नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट एसोसियसनविरुद्ध नेपालले बलिङमा मध्यम सुरुवात गरेको छ।नेपालविरूद्ध एसोसियसनले ३० ओभरमा १४३ रन हुँदा तीन विकेट गुमाएको छ।नेपालका लागि सोमपाल कामी,ललित राजवंशी र नन्दन यादवले एक एक विकेट लिएका छन्। नेपालले एसोसियसनविरुद्ध उत्कृष्ट कमब्याक गर्दै विशाल लक्ष्य प्रस्तुत गरेको छ।नेपालले ५० ओभरमा […]

You May Like

error: