दिपेन्द्र र रोहितको विस्पोटक शतकमा नेपालको दियो विशाल रनको लक्ष्य

काठमाण्डौ।

नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट एसोसियसनविरुद्ध खराब सुरुवातबाट  उत्कृष्ट कमब्याक गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले खराब सुरुवात बाट उत्कृष्ट कमब्याक गरेको छ।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले र कप्तान रोहित कुमार पौडेलले सतक प्रहार गरेका छन्।

नेपालले एसोसियसनविरुद्ध उत्कृष्ट कमब्याक गर्दै विशाल लक्ष्य प्रस्तुत गरेको छ।नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३०३ रन बनाएको छ।नेपाली एसोसियसनलाई ३०४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सतक प्रहार गरेका छन्। रोहित कुमार पौडेल १३५ बलमा ११३ रनमा आउट भएका छन् ।भने दिपेन्द्र सिंह ऐरीले ६२ बलमा १०९ रनमा आउट भएका छन्।यस क्रममा उनले ८ चौका ९छक्का प्रहार गरेका छन्।

नेपालका लागि ज्ञानेन्द्र मल्ल,अर्जुन साउद र आशिफ शेख सुन्ने रनमा आउट भएका छन्।नेपालले भारतमा एक साता तयारी गर्ने छन् ।नेपालले भारतको दिल्ली क्रिक्रेट टोलीसँग खेल्ने क्यानले जनाएको छ ।नेपाली टोलीले दिल्ली क्रिकेट टोलीसँग बिहीबार र शनिबार दुई एकदिवसिय अभ्यास खेल खेल्ने जनाएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार नेपालले दिल्ली ११ सँग खेल्नेछ । दिल्लीको मुख्य टोली विजय हजारे र रणजी ट्रफीमा ब्यस्त हुँदा दोस्रो स्तरको टोलीसँग खेल्ने जनाए । जहाँ स्तरिय खेलाडी खेल्ने प्रशान्तले दाबी गरे । नेपाली टोली आइतबार राती नामिबिया प्रस्थान गर्नेछ ।

सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरिसकेको छ । नन्दन यादवले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।सिरिज आगामी डिसेम्बर २ देखि ८ सम्म हुनेछ ।

लिग-२ अंक तालिकाको शिर्ष ३ टिम एकदिवसीय विश्वकप छनोट खेल्न छनोट हुनेछ। अधिकारिक रुपमा घोषित नभएता पनि अंकतालिकाको शिर्ष-५ टिमको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित हुने बताईएको छ। नेपालको १६ खेल खेल्न बाँकी हुँदा १७ अंक मात्र रहेकोले शिर्ष-३ पुग्न कम्तिमा आधा या सो भन्दा बढी खेल जित्न पर्नेहुन्छ।

सिरिजमा आयोजक नामिबिया, नेपाल र स्कटल्याण्ड रहेको छ ।सिरिजको अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।नेपालले २० खेलमा १७ अंक जोडेको छ ।नामिबिया २२ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।स्कटल्याण्ड २८ खेलमा ४० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

३४ खेल खेल्दा अमेरिकाले १५ जित र १६ हार बेहोर्दै ३३ अंक बटुलेको छ। नामिबियाको २४ खेलमा १४ जित र १० हारले २८ अंकछ। ओमान ३६ खेलमा ४४ अंक सहित पहिलो र स्कटल्याण्ड २८ खेलमा ४० अंक सहित दोश्रो स्थानमा छ। नेपाल २० खेलमा ८ जित, ११ हार र १ बराबरी खेलपछि १७ अंक सहित छैठौं स्थानमा छ।

नेपालको टोली :

रोहित पौडेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर साह, नन्दन यादव

सम्बाददाता

Leave a Reply

Next Post

भारतमा किरणले देखाए गोर्खाली पावर,गरे उत्कृष्ट बचाउ

Thu Nov 24 , 2022
काठमाडौं। राष्ट्रिय टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ सम्मलित टोली राउन्ड ग्लास पन्जाब एफसीले आफ्नो तेस्रो खेलमा अंक बढेको छ।हिजो भएको तेस्रो खेलमा रजिस्तनसँग १/१ गोलको बराबरीमा रोकेको थियो। यो सँग किरण चेम्जोङको टिमले तीन खेलमा ७ अंक बनाएको छ।हिजो भएको खेलमा किरणको टिमले सुरुवाती अग्रता लिएको थियो ।पहिलो हाफको […]

You May Like

error: