नेपाली फुटबल टिमको लागि एन्फाले गर्यो ठूलो घोषणा

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ।एन्फाले बिहीबार एक मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।

एन्फाले फिफाको प्रो लाइसेन्स प्राप्त प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको छ।

नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल कार्यबाहक प्रशिक्षक प्रदिप हुमागाई र पाकिस्तानविरुद्धको मैत्रीपूर्ण कार्यबाहक प्रशिक्षक प्रवेश कटुवालको नेतृत्वमा खेलेको थियो ।

यस्तै एन्फाले टेक्निकल डिरेक्टरका लागि समेत दरखास्त आह्वान गरेको छ । एन्फाले फाइनान्स डिरेक्टर, हेड अफ प्रोकुरेमेन्ट, जुनियर एकाउन्टेन्ट र सिभिल इन्जिनियरको पनि दरखास्त आह्वान गरेको छ ।

यो पनि पढनुहोस्: स्पेनले कोस्टारिकामाथि गर्यो आधा दर्जन बढी गोलको वर्षा
कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले सानदार विजयी सुरुआत गरेको छ ।बुधबार राति भएको खेलमा कोस्टारिकामाथि आधा दर्जन बढी गोलको वर्षा गरेको छ।बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७-० गोल अन्तरले हराउँदै स्पेनले सानदार सुरुआत गरेको हो ।

विश्वकपमा स्पेनले पहिलो पटक ७ गोलको फराकिलो जित निकालेको हो ।अल थुमामा स्टेडियममा स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे ।डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाको नाममा एक एक गोल रह्यो ।

एकतर्फी खेलमा स्पेनले ११ औं मिनेटमा ओल्मोको गोलबाट सुरुआती अग्रता बनाएको थियो । ओल्मोको गोल विश्वकपमा स्पेनको १०० औं गोल हो ।खेलको २१ औं मिनेटमा एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता २-० को बन्यो ।

खेलको ३१ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि स्पेन पहिलो हाफमा ३-० ले अघि रह्यो ।कोस्टारिकाका ओस्कारले जोर्डी अल्बालाई पेनाल्टी एरियाभित्र फउल गर्दै लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको हो । जसमा टोरेसले सहजै गोल गरे ।

खेलको ५४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४-० को अग्रता दिलाए ।खेलको ७५ औं मिनेटमा गाभीले गोल गर्दै स्पेनलाई ५-० को अग्रता दिलाए ।

सम्बाददाता

Leave a Reply

Next Post

६० रनमा नै नेपालले गुमायो अनुभवी ब्याटर,नेपालको निकै खराब ब्याटिङ

Thu Nov 24 , 2022
काठमाण्डौ। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली भारतमा रहेको छ ।आईसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको नामिबिया हुने त्रिदेशीय सिरिज खेल्ने नेपाली टोलीलाई क्यानले यस अघि मंगलबार बिदाइ गरेको थियो। नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट एसोसियसनविरुद्ध खराब सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले […]

You May Like

error: