स्पेनले कोस्टारिकामाथि गर्यो आधा दर्जन बढी गोलको वर्षा

काठमाडौं ।

कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले सानदार विजयी सुरुआत गरेको छ ।बुधबार राति भएको खेलमा कोस्टारिकामाथि आधा दर्जन बढी गोलको वर्षा गरेको छ।बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७-० गोल अन्तरले हराउँदै स्पेनले सानदार सुरुआत गरेको हो ।

विश्वकपमा स्पेनले पहिलो पटक ७ गोलको फराकिलो जित निकालेको हो ।अल थुमामा स्टेडियममा स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे ।डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाको नाममा एक एक गोल रह्यो ।

एकतर्फी खेलमा स्पेनले ११ औं मिनेटमा ओल्मोको गोलबाट सुरुआती अग्रता बनाएको थियो । ओल्मोको गोल विश्वकपमा स्पेनको १०० औं गोल हो ।खेलको २१ औं मिनेटमा एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता २-० को बन्यो ।

खेलको ३१ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि स्पेन पहिलो हाफमा ३-० ले अघि रह्यो ।कोस्टारिकाका ओस्कारले जोर्डी अल्बालाई पेनाल्टी एरियाभित्र फउल गर्दै लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको हो । जसमा टोरेसले सहजै गोल गरे ।

खेलको ५४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४-० को अग्रता दिलाए ।खेलको ७५ औं मिनेटमा गाभीले गोल गर्दै स्पेनलाई ५-० को अग्रता दिलाए ।

गाभी विश्वकपमा स्पेनका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने । १८ वर्ष ११० दिनका गाभी पेले र मानुएल रोससपछि विश्वकपमा गोल गर्ने तेस्रो कान्छा खेलाडी बने ।खेलको ९० औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई ६-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा मोरटाले गोल गर्दै स्पेनलाई ७-० गोलको फराकिलो जित दिलाए ।यस जितसँगै स्पेनले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।समूह ‘ई’ को स्पेन शीर्ष स्थानमा रहेको छ ।हारबाट विश्वकपको सुरुआत गरेको कोस्टारिका पुछारमा रहेको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

कुशलले छक्काको वर्षा गर्दै १ रनले अर्धसतकबाट चुक्दा टिमको भने विशाल हार

Thu Nov 24 , 2022
काठमाडौं। विभागिय टोली नेपाल एपीएफ क्लबले पहिलो संस्करणको सगरमाथा कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको बुधबारको दोस्रो खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २ विकेटले हराएको हो । आर्मीले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको एपीएफले ३ बल बाकीँ रहदै […]

You May Like

error: