काठमाडौं ।
कतारमा जारी फिफा विश्वकप फुटबलमा जर्मनीमाथि जापानले सानदार जित निकालेको छ ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको हो । एसियाली पावर हाउस जापानले युरोपियन प्रतिद्वन्दीमाथि पुनरागमन गर्दै उत्कृष्ट जित निकालेको हो ।
खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाएका थिए । जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो ।
जसमा गुन्डोगानले सहजै गोल गरे । पहिलो हाफको इन्जुरी समयमा जर्मनीका काइ हार्भट्जले गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो ।
दोसो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७५ औं मिनेटमा सब्सिच्युडको रुपमा मैदान प्रवेश गरेका रित्सु डोनले गोल गर्दै जापानलाई १-१ गोलको बराबरीमा ल्याए । मैदान प्रवेश गरेको चार मिनेटमै उनले गोल गरेका हुन् ।
त्यसपछि खेलको ८३ औं ताकुमा असानोले गोल गर्दै जापानलाई २-१ को जित दिलाए । जितसँगै जापानले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । जापान समूह ‘ई’ को शीर्ष स्थानमा रहेको छ । जर्मनी पुछारमा रहेको छ ।
यो पनि पढ्नुहोस् :अर्जेन्टिनाको समर्थकले गुमाए लाखौं डलर
विश्वकपको ट्रफी उचाल्ने लक्ष्य लिएको अर्जेन्टिना आफूभन्दा कमजोर मानिएको टिमसँग पहिलो खेलमै पराजित भएपछि अर्जेन्टिना र मेसीका समर्थक निराश बनेका छन्।
बेलायतको डेलीमेलमा प्रकाशित समाचारअनुसार, अस्ट्रेलियाका ती समर्थकले अर्जेन्टिनाको पक्षमा एक लाख ६० हजार डलर बाजी लगाएका थिए। यदी उनले बाजी जितेका भए एक लाख ८० हजार आठ सय डलर फिर्ता पाउने थिए। तर, त्यसो हुन पाएन, किनभने अर्जेन्टिना दोस्रो हाफमा दुई गोलले पछाडि पर्यो र हार ब्यहोर्न पुग्यो।
अर्का, समर्थक जसले अर्जेन्टिनाले साउदी अरबलाई जित्छ भनेर बाजी लगाएका थिए, तिनले पनि एक लाख डलर गुमाएका छन्।
अस्ट्रेलियमा खेलका पक्ष–विपक्षमा बाजी लगाउन पाउने कानूनी व्यवस्था छ। त्यहाँ यस सम्बन्धी कारोबार गर्ने कम्पनीहरू सरकारको कानूनी दायराभित्र रहेर कारोबार गर्न पाउँछन्।
दक्षिण अमेरिकी फूटबलको उपाधि जितेको अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेसीको यो अन्तिम विश्वकप हुनेछ। आफ्नो अन्तिम विश्वकप प्रतियोगितामा सहभागी भइरहेका विश्व चर्चित एर्जेन्टिनाका खेलाडी उपाधि जित्न व्याकुल छन्। तर, आजको खेल परिणामले उनलाई निरास बनाएको छ।
दुई पटक विश्वकपको उपाधि जितेको अर्जेन्टिनाले नक आउट चरणमा पुग्न आफ्नो समूहमा रहेको मेक्सिको, पोल्यान्ड र साउदी अरबसँग भिड्नुपर्ने थियो। आज साउदीसँगको प्रतिस्पर्धालाई सबैभन्दा सजिलो मानिएको थियो।