अब रोनाल्डोको गन्तव्य कता ?, यी छन् सम्भावित क्लब र लिग

काठमाडौं ।

२२ औं संस्करणको फिफा विश्वकप खेल्नका लागि क्रिस्टियानो रोनाल्डो हाल पोर्चुगिज टिमसँग कतारमा छन् । तर विश्वकपमा घानाविरुद्ध पहिलो खेल खेल्नुअघि नै रोनाल्डो चर्चाको पात्र बनिसकेका छन् ।

कारण भने विश्वकप होइन । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता तोडिएपछि रोनाल्डोको चर्चा बढेको हो ।

युनाइटेड र रोनाल्डो दुवैले बुधबार विज्ञप्ति जारी गर्दै आपसी समझदारीमा सम्झौता तोडिएको जानकारी गराए । साथै दुवैले एकअर्कालाई शुभकामना पनि दिए । रोनाल्डोले दुई स्पेलमा युनाइटेडका लागि खेले ।

पछिल्लो समय युनाइटेडका प्रशिक्षक एरिक टेन हागसँगको सम्बन्धका कारण रोनाल्डो विवादित समेत बने । उनले युनाइटेडले आफूलाई घात गरेको समेत भन्न भ्याए । अन्तत: दुई पक्षले सम्झौता तोडिएको छ र रोनाल्डोले युनाइटेड छाड्ने पक्का भएको छ ।

हाल विश्वकप चलिरहेकाले युरोपियन लिगहरु अहिले ‘ब्रेक’मा छन् । अब डिसेम्बर अन्तिम साता मात्र प्रिमियर लिग फेरि सुरु हुनेछ । त्यसैले कम्तीमा जनवरीसम्म रोनाल्डो क्लबविहिन नै हुनेछन् ।

तर अबको प्रश्न रोनाल्डो अब कता जान्छन् भन्ने रहेको छ । रोनाल्डोले युनाइटेडसँगै रियल मड्रिड र युभेन्टसबाट खेलिसकेका छन् । उनले पोर्चुगिज क्लब स्पोर्टिङबाट क्लब करिअर सुरु गरेका थिए ।

त्यसो भए अब रोनाल्डो कता जालान् त ? स्पोर्टिङमा फर्केलान् वा महारथी रियलमा फर्केलान् ? रोनाल्डोको अन्य सम्भावित गन्तव्यमा प्रिमियर लिगकै चेल्सीदेखि इटालियन क्लब रोमा पनि छ ।

यस्तै फुटबल पण्डितहरुले रोनाल्डो अमेरिकाको मेजर सकर लिग पनि जान सक्ने धारणा राखेका छन् । बेलायती अनलाइन मिरर डट कम डट युकेले स्पोर्टिङ र चेल्सीलाई रोनाल्डोको अबको गन्तव्य हुन सक्ने उल्लेख गरेको छ ।

रोनाल्डोले युनाइटेड छाडेपछि विज्ञप्ति जारी गर्दै नयाँ चुनौती खोज्नका लागि यो सही समय रहेको पनि बताएका छन् । त्यसैले रोनाल्डो अझै पनि नियमित रुपमा खेल्न चाहन्छन् भन्ने देखिन्छ ।

युनाइटेडका पूर्व खेलाडी रियो फर्निनान्डले रोनाल्डो अब कता जान्छन् भन्ने कुरा उनको चाहनामा भर पर्ने बताए । ‘उनको प्रेरणा के हो त्यो भर पर्छ ।

के यो च्याम्पियन्स लिग हो ? पैसा हो ? के उनी राम्रो वातावरणका साथ कतै खेल्न चाहन्छन् ?’, फर्निनान्डले भने, ‘निश्चित समयपछि हामी थाहा पाउनेछौं ।’

सम्बाददाता

Leave a Reply

Next Post

एसियाली पावर हाउस जापानको जर्मनी विरुद्ध सानदार जीत

Wed Nov 23 , 2022
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा जर्मनीमाथि जापानले सानदार जित निकालेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको हो । एसियाली पावर हाउस जापानले युरोपियन प्रतिद्वन्दीमाथि पुनरागमन गर्दै उत्कृष्ट जित निकालेको हो । खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै […]

You May Like

error: