नेपालले भारतमा दुई अभ्यास खेल खेल्ने,यस्तो छ खेल तालिका

काठमाण्डौ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई हिजो भारत प्रस्थान गरेको छ ।आईसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको नामिबिया हुने त्रिदेशीय सिरिज खेल्ने नेपाली टोलीलाई मंगलबार बिदाइ गरेको हो ।

क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका महाप्रबन्धक वृतान्त खनालले बिदाइ गरे ।नामिबिया जानु अघि नेपाली टोली भारत जाने छन् । भारतमा नेपाली टोलीले एक साता तयारी गर्ने छन् ।

नेपालले भारतको दिल्ली क्रिक्रेट टोलीसँग खेल्ने क्यानले जनाएको छ । नेपाली टोलीले दिल्ली क्रिकेट टोलीसँग बिहीबार र शनिबार दुई एकदिवसिय अभ्यास खेल खेल्ने जनाएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार नेपालले दिल्ली ११ सँग खेल्नेछ । दिल्लीको मुख्य टोली विजय हजारे र रणजी ट्रफीमा ब्यस्त हुँदा दोस्रो स्तरको टोलीसँग खेल्ने जनाए । जहाँ स्तरिय खेलाडी खेल्ने प्रशान्तले दाबी गरे । नेपाली टोली आइतबार राती नामिबिया प्रस्थान गर्नेछ ।

सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरिसकेको छ । नन्दन यादवले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।सिरिज आगामी डिसेम्बर २ देखि ८ सम्म हुनेछ ।

लिग-२ अंक तालिकाको शिर्ष ३ टिम एकदिवसीय विश्वकप छनोट खेल्न छनोट हुनेछ। अधिकारिक रुपमा घोषित नभएता पनि अंकतालिकाको शिर्ष-५ टिमको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित हुने बताईएको छ। नेपालको १६ खेल खेल्न बाँकी हुँदा १७ अंक मात्र रहेकोले शिर्ष-३ पुग्न कम्तिमा आधा या सो भन्दा बढी खेल जित्न पर्नेहुन्छ।

सिरिजमा आयोजक नामिबिया, नेपाल र स्कटल्याण्ड रहेको छ ।सिरिजको अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।नेपालले २० खेलमा १७ अंक जोडेको छ ।नामिबिया २२ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।स्कटल्याण्ड २८ खेलमा ४० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

३४ खेल खेल्दा अमेरिकाले १५ जित र १६ हार बेहोर्दै ३३ अंक बटुलेको छ। नामिबियाको २४ खेलमा १४ जित र १० हारले २८ अंकछ। ओमान ३६ खेलमा ४४ अंक सहित पहिलो र स्कटल्याण्ड २८ खेलमा ४० अंक सहित दोश्रो स्थानमा छ। नेपाल २० खेलमा ८ जित, ११ हार र १ बराबरी खेलपछि १७ अंक सहित छैठौं स्थानमा छ।

नेपालको टोली :

रोहित पौडेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर साह, नन्दन यादव

सम्बाददाता

Leave a Reply

Next Post

एकदिवसीय सिरिज खेल्नु अघि आईसीसीले दियो कुशल र दिपेन्द्रलाई राहतको खबर

Wed Nov 23 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी र ब्याटर कुशल भुर्तेल आईसीसी टी-ट्वान्टी ब्याटिङ वरीयतामा यथावत रहेको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्र र कुशलको वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा कुशल ५२ औं तथा दीपेन्द्र ५९ औं स्थानमा कायमै रहेका छ […]

You May Like

error: