अन्तत: रोनाल्डोले छाडे युनाइटेड, यस्तो छ मुख्य कारण

काठमाडौँ ।

क्रिस्टियानो रोनाल्डोले आपसी सहमतिमा म्यानचेस्टर युनाइटेड छाड्ने भएका छन् । युनाइटेडमा ३४६ खेल खेलेर १४५ गोल गरेका रोनाल्डोले दोस्रो पटक युनाइटेड छोडेका हुन् ।

युनाइटेडले मंगलबार एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा रद्द भएको र उनले क्लब छाड्ने जनाएको छ ।

पछिल्लो समय प्रशिक्षक एरिक टेन हागसँग सम्बन्ध राम्रो नहुँदा रोनाल्डोले क्लबमा पर्याप्त खेल्ने अवसर पाएका थिएनन् र भने उनको व्यहारले उनी विवादमा समेत तानिएका थिए ।

एक अन्तरवार्तामा आफूमाथि धोका भएको बताएका रोनाल्डोले युनाइटेडले विश्वासघात गरेको बताएका थिए। सोही अन्तरवार्ताको परिणामस्वरुप उनले क्लब छोड्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

पाँच पटकका बालन डी’अर विजेता रोनाल्डो सन् २०२१ मा इटालियन क्लब युभेन्टसबाट युनाइटेड पुगेका थिए। रोनाल्डोले यो सिजन युनाइटेडका लागि १० प्रिमियर लिग खेल खेल्दै १ गोल गरेका छन् ।

गत सिजन मात्र युनाइडेटमा गएका रोनाल्डोले ४० लिग खेल खेल्दै १९ गोल गरेका छन् । पछिल्लो समय युनाइटेडका लागि कमै खेलमा सहभागी भएका रोनाल्डोले कमै समय मैदानमा बिताउन पाएका छन् ।

रोनाल्डोले युनाइटेडको बारेमा गरेको आलोचनाले पछिल्लो समय चर्चा पाएको थियो । रोनाल्डो यसअघि सन् २००३ देखि २००९ सम्म युनाइटेडमा रहेर स्पेनिस क्लब रियल मड्रिडमा आएका थिए । रियलमा १० वर्ष विताएका रोनाल्डो युभेन्ट्स हुँदै पुनः युनाइटेडमा गएका थिए ।

यो पनि पढ्नुहोस :अर्जेन्टिनासँगको खेल जितेको खुसीयालीमा भोलि साउदीमा सार्वजनिक बिदा
साउदी अरेबियाले आफ्नो फुटबल इतिहासकै सर्वाधिक सुनौलो जित निकालेपछि सार्वजानिक बिदाको घोषणा गरेको छ।

मंगलबार विश्वकप फुटबल अन्तर्गत समूह सी को आफ्नो पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनालाई २-१ ले पराजित गरेपछि साउदीले बुधबारका लागि सार्वजानिक बिदाको घोषणा गरेको हो।

साउदी प्रेस एजेन्सीका अनुसार क्राउन प्रिन्स मोहम्मद विन सलमानले खुसियाली मनाउनका लागि राजा समक्ष राष्ट्रिय विदाको घोषणा गर्न प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई राजा सलमानले स्वीकृत दिएसँगै सार्वजानिक बिदा हुने भएको छ।

साउदी अरेबियाले फुटबल इतिहासमै सर्वाधिक बलियो टिम विरुद्ध निकालेको यो पहिलो र ऐतिहासिक जित हो। साउदी अरेबिया विश्वकप फुटबलमा अहिलेसम्म नकआउट चरण पुग्न सकेको छैन्। अर्जेन्टिनालाई हराएसँगै साउदीको नकआउटको सपनामा समेत एक इँटा थपिएको छ।

सम्बाददाता

Leave a Reply

Next Post

साउदी अरेबियाको बिरुद्दको अप्रत्यासित हारबारे मेस्सीले दिए भाबुक बयान, स्वीकारे आफ्नो गल्ति

Tue Nov 22 , 2022
काठमाडौँ । फिफा विश्वकप २०२२ मा साउदी अरेबियाको ऐतिहासिक जित हासिल गर्न सफल भएको छ । दुई पटकको फिफा विश्वकप च्याम्पियन अर्जेन्टिनालाई हराउदै साउदी अरेबियाको ऐतिहासिक जित हासिल गर्न सफल भएको हो । पहिलो हाफमा लिएको १–० को अग्रता जोगाउन नसक्दा अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा नै पराजित हुनुपरेको […]

You May Like

error: