नेपाली क्रिकेट टिम विश्वकप लिग ‘टु’ को अभ्यासका लागि भारतमा प्रस्थान

काठमाण्डौ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।आईसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको नामिबिया हुने त्रिदेशीय सिरिज खेल्ने नेपाली टोलीलाई मंगलबार बिदाइ गरेको हो ।

क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका महाप्रबन्धक वृतान्त खनालले बिदाइ गरे ।नामिबिया जानु अघि नेपाली टोली भारत जाने छन् । भारतमा नेपाली टोलीले एक साता तयारी गर्ने छन् ।

सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरिसकेको छ । नन्दन यादवले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।सिरिज आगामी डिसेम्बर २ देखि ८ सम्म हुनेछ ।

लिग-२ अंक तालिकाको शिर्ष ३ टिम एकदिवसीय विश्वकप छनोट खेल्न छनोट हुनेछ। अधिकारिक रुपमा घोषित नभएता पनि अंकतालिकाको शिर्ष-५ टिमको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित हुने बताईएको छ। नेपालको १६ खेल खेल्न बाँकी हुँदा १७ अंक मात्र रहेकोले शिर्ष-३ पुग्न कम्तिमा आधा या सो भन्दा बढी खेल जित्न पर्नेहुन्छ।

सिरिजमा आयोजक नामिबिया, नेपाल र स्कटल्याण्ड रहेको छ ।सिरिजको अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।नेपालले २० खेलमा १७ अंक जोडेको छ ।नामिबिया २२ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।स्कटल्याण्ड २८ खेलमा ४० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

३३ खेल खेल्दा अमेरिकाले १४ जित र १६ हार बेहोर्दै ३१ अंक बटुलेको छ। नामिबियाको २४ खेलमा १४ जित र १० हारले २८ अंकछ। ओमान ३६ खेलमा ४४ अंक सहित पहिलो र स्कटल्याण्ड २८ खेलमा ४० अंक सहित दोश्रो स्थानमा छ। नेपाल २० खेलमा ८ जित, ११ हार र १ बराबरी खेलपछि १७ अंक सहित छैठौं स्थानमा छ।

नेपालको टोली :

रोहित पौडेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर साह, नन्दन यादव

सम्बाददाता

Leave a Reply

Next Post

न्युजिल्यान्डविरुद्धको सिरिज जितेर पनि निराश देखिए हार्दिक पाण्डेय, दिए चकित पार्ने बयान

Tue Nov 22 , 2022
टी–२० विश्वकप २०२२ को पराजयलाई पछि पार्दै टीम इन्डियाले न्युजिल्याण्ड विरुद्धको तीन खेलको टी–२० सिरिज १–० ले जितेको छ । यस सिरिजमा भारतीय टिमको कमाण्ड हार्दिक पाण्ड्याले सम्हालेका थिए । उनको कप्तानीमा, उनले टीम इण्डियालाई लगातार दोस्रो शृङ्खला जिताउन नेतृत्व गरे। यसअघि उनलाई आयरल्याण्ड भ्रमणमा कप्तान बनाएको थियो । टीम […]

You May Like

error: