भारतीय ब्याट्सम्यानले रचे इतिहास, गरे ४१६ रनको विश्व कीर्तिमान साझेदारी

काठमाडौँ ।

विजय हजारे ट्रफीमा आज तमिलनाडु र अरुणाचल प्रदेशबीच भएको लिस्ट ए खेलमा धेरै विश्व कीर्तिमान बनेका छन् । टस जितेर अरुणाचल प्रदेशले तमिलनाडुलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

तमिलनाडुका ओपनर नारायण जगदीसन र साई सुदर्शनले पहिलो विकेटका लागि कीर्तिमान ४१६ रनको साझेदारी गरे। लिस्ट ए क्रिकेटमा एक विकेटका लागि ४०० भन्दा बढी रन जोडिएको यो पहिलो पटक हो ।

एन जगदीशन र साई सुदर्शनले क्रिस गेल र मार्लोन स्यामुएलले बनाएको ३७२ रनको विश्व कीर्तिमान तोडेका छन् । ३७२२०१५ मा, क्रिस गेल र मार्लोन स्यामुएल्सले जिम्बावे विरुद्ध दोस्रो विकेटको लागि ३७२ रनको साझेदारी गरेका थिए।

तर अब यो कीर्तिमान तमिलनाडुका ओपनर एन जगदीशन र साई सुदर्शनको नाममा दर्ता भएको छ । साई सुदर्शन ४१६ रनको विश्व कीर्तिमानी साझेदारीपछि आउट भए । साई सुदर्शनले १०२ बलमा १९ चौका र २ छक्का सहित १५४ रन बनाए ।

यसबाहेक एन जगदीशनले २७७ रनको विश्व कीर्तिमान पारी खेलेका थिए । यस इनिङ्समा उनले १४१ बलको सामना गर्दै २५ चौका र १५ छक्का प्रहार गरे। एन जगदीशले लिस्ट–ए–क्रिकेटमा यसअघिको २६८ रनको कीर्तिमान पनि तोडेका छन् ।

एलिस्टर ब्राउनले सन् २००२ मा २६८ रनको विश्व कीर्तिमान पारी खेलेका थिए । तर अब २० वर्षपछि उनको कीर्तिमान भारतीय ब्याट्सम्यानले मात्र तोडेका छन् ।

तमिलनाडुले ५०६ रनको ठूलो स्कोर बनायो, लिस्ट-ए-क्रिकेटमा विश्व कीर्तिमान बनायो
तमिलनाडुको टोलीले विजय हजारे ट्रफीमा नयाँ इतिहास रचेको छ । अरुणाचल प्रदेश विरुद्ध जारी खेलमा तमिलनाडुले पहिलो इनिङ्समा ५०६ रन बनाएको छ ।

लिस्ट ए क्रिकेटमा पहिलो पटक कुनै टोलीले ५ सय रनको आँकडा छोएको छ । यसअघि इंग्ल्यान्ड क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेदरल्याण्डविरुद्ध ४९८ रन बनाएको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

टी-२० सिरिज जित्न पाण्ड्याले यी २ खेलाडीलाई प्लेइङ-११ मा दिन सक्छन मौका !

Mon Nov 21 , 2022
काठमाडौँ । भारत र न्यूजिल्याण्डबीचको तीन खेलको टी–२० सिरिजको तेस्रो र निर्णायक खेल भोलि नेपियरमा हुँदैछ । दुई देशबीचको यो खेल भोलि नेपाली समय अनुसार दिउँसो १२:१५ बजे हुनेछ । पहिलो खेल वर्षाले प्रभावित भएको थियो भने दोस्रो खेल जितेर भारत सिरिजमा १–० ले अगाडि छ । यदि भारतले तेस्रो […]

You May Like

error: