‘ओडीआई’ क्रिकेटमा पहिलो पटक यो टोलीले बनायो ५०० रन, रच्यो बिश्वकिर्तिमान

काठमाडौँ ।

भारतमा जारी विजय हजारे ट्रफी प्रतियोगितामा तमिलनाडुको टोलीले ५० ओभरमा ५०६ रन बनाएर हंगामा मच्चाएको छ ।

सोमबार भएको विजय हजारे ट्रफी प्रतियोगितामा अरुणाचल प्रदेशविरुद्धको खेलमा तमिलनाडुको टोलीले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ५०६ रन जोडेको थियो। योसँगै तमिलनाडुको टोलीले ठूलो विश्व कीर्तिमान बनाएको छ ।

तमिलनाडुको टोली ‘ओडीआई’ क्रिकेटमा ५० ओभरमा ५०० वा सोभन्दा बढी रन बनाउने विश्वको पहिलो टोली बनेको छ। यस मामिलामा तमिलनाडुले पनि इंग्ल्याण्ड क्रिकेट टोलीलाई पछाडि छोडेको छ ।

इंग्ल्याण्डले गत जुनमा नेदरल्यान्ड्सविरुद्ध ५० ओभरमा ४९८ रन जोडेको थियो । यसरी तमिलनाडुको टोलीले इंग्ल्याण्डलाई पछि पार्दै ‘ओडीआई’ क्रिकेट (५० ओभर क्रिकेट) मा यो ठूलो विश्व कीर्तिमान बनाएको छ ।

तमिलनाडुका ओपनर साई सुदर्शनले १०२ बलमा १५४ रन बनाए । सोही क्रममा नारायण जगदीशनले १४१ बलमा २७७ रनको इनिङ खेले ।

तमिलनाडुका ओपनर साई किशोर र नारायण जगदीशनले पहिलो विकेटका लागि ४१६ रनको साझेदारी गरे । तमिलनाडुका ओपनिङ ब्याट्सम्यान नारायण जगदीशनले अरुणाचल प्रदेशका बलरहरूलाई ध्वस्त पार्दै २५ चौका र १५ छक्का प्रहार गरे।

५० ओभरमा टिमको उच्चतम स्कोर:
१. तमिलनाडु – ५०६/२
२. इङ्गल्याण्ड – ४९८/६
३. सरे – ४९६/४
४. इङ्गल्याण्ड – ४८१/४
५. भारत ए – ४५८/४

यो पनि पढ्नुहोस: यी घातक खेलाडीलाई टिम बाहिर राख्दै इङ्ल्यान्डविरुद्धको टेस्ट खेल्ने पाकिस्तानी टिम घोषणा
पाकिस्तानले इङ्ल्यान्डविरुद्ध डिसेम्बरमा हुने तीन खेलको विश्व टेस्ट च्याम्पियनसिपका लागि १८ सदस्यीय टिमको घोषणा गरेको छ। सन् २००५ पछि पहिलो पटक इङ्ल्यान्ड टेस्ट शृंखलाका लागि पाकिस्तान भ्रमणमा निस्कने तयारीमा छ।

रावलपिन्डीले पहिलो खेलको आयोजना गर्नेछ भने त्यसपछि दोस्रो र तेस्रो टेस्ट क्रमश: कराची र मुल्तानमा हुनेछ।

विश्व टेस्ट च्याम्पियनसिप फाइनलको आशा जिवित राख्न पाकिस्तानका लागि यो शृंखला एकदमै महत्त्वपूर्ण हुनेछ। बाबर आजमको टिम अहिले ५१.८५ अंक प्रतिशतसहित तालिकाको पाँचौं स्थानमा छ।

गत साता आईसीसी टी-ट्वेन्टी विश्वकपको फाइनलमा घाइते भएका शाहीन साह अफ्रिदीसँगै फहाद आलम पनि टिममा समावेश छैनन्।

पाकिस्तानी टिम: बाबर आजम, मोहम्मद रिजवान, सर्फराज अहमद, शान मसुद, साउद शकिल, सलमान आघा, नसिम साह, नमन अली, अब्दुल्लाह शफिक, इमाम-उल-हक, फहिम असरफ, ह्यारिस रौफ, मोहम्मद वासिम जुनियर, अब्रर अहमद, जाहिद माहमुद, मोहम्मद नवाज, अज्हर अली, मोहम्मद अली।

 

सम्बाददाता

Leave a Reply

Next Post

भारतीय ब्याट्सम्यानले रचे इतिहास, गरे ४१६ रनको विश्व कीर्तिमान साझेदारी

Mon Nov 21 , 2022
काठमाडौँ । विजय हजारे ट्रफीमा आज तमिलनाडु र अरुणाचल प्रदेशबीच भएको लिस्ट ए खेलमा धेरै विश्व कीर्तिमान बनेका छन् । टस जितेर अरुणाचल प्रदेशले तमिलनाडुलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । तमिलनाडुका ओपनर नारायण जगदीसन र साई सुदर्शनले पहिलो विकेटका लागि कीर्तिमान ४१६ रनको साझेदारी गरे। लिस्ट ए क्रिकेटमा एक […]

You May Like

error: