फिफा विश्वकपमा तीन खेल आज: कुन कुन देश कतिबेला भिड्दैछन्?

काठमाडौँ ।

फिफा विश्वकप २०२२ अन्तर्गत आज तीन खेल हुँदैछ। आज समूह ‘ए’ को एक खेल र समूह ‘बी’को दुई खेल हुँदैछन्। आज बेलुकी हुने पहिलो खेलमा समूह ‘बी’ का इङ्ग्ल्याण्ड र इरान भिड्नेछन्।

कतारस्थित खालिफा इन्टरनेशनल स्टेडियममा साँझ पौने ७ बजे खेल सुरु हुनेछ। नेशन्स लिगमा रेलिगेशनमा परेर आलोचना ब्यहोरेको इङ्ग्ल्याण्ड र एसियाली फुटबलको पावरहाउस इरानबीच प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

सन् २०१८ को विश्वकपमा चौथो बनेको इङ्ग्ल्याण्ड पछिल्लो युरो कपमा उपविजेता बनेको थियो। इरान फिफाको वरीयतामा एसियाका मुलुक मध्ये सबैभन्दा अगाडि अर्थात २० औं स्थानमा छ।

त्यस्तै आजै राति हुने खेलमा नेदरल्याण्ड्स र सेनेगल भिड्नेछन्। खेल बेलुकी पौने १० बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ। स्टार खेलाडी साडियो मानेले विश्वकप गुमाउने भएपछि अफ्रिकी जायन्ट सेनेगललाई विश्वकप अघि धक्का लागेको छ।

‘ हामी सेनेगलकोमात्र कुरा गरिरहेका छैनौ, उनले अफ्रिका महादेशकै प्रतिनिधित्व गर्छन्,’ सेनेगलका प्रशिक्षक अलेउ किस्सेले भनेका छन्। अर्कोतर्फ यूईएफए नेशन्स लिगमा राम्रो प्रदर्शन गरेको नेदरल्याण्ड्सले विश्वकपमा सानदार पुनरागमन गर्ने लक्ष्यमा हुनेछ।

यी दुई टोली पहिलो पटक आमनेसामने हुन गइरहेका छन्। यसअघि सन् २००२ र २०१८ मा सेनेगल विश्वकपमा छनोट हुँदा नेदरल्याण्ड छनोट हुन असफल भएको थियो। तीन पटक फिफा विश्वकपको फाइनलमा पुगेर पनि च्याम्पियन हुन नसकेको नेदरल्याण्ड्स विश्वकपको अभागी टोली हो।

तेस्रो खेलमा राति पौने १ बजे समूह ‘बी’का अमेरिका र वेल्स अल रायन स्टेडियममा भिड्नेछन्। ६४ वर्षको प्रतिक्षापछी विश्वकपमा प्रवेश पाएको ग्यारिथ बेलको कप्तानीमा रहेको वेल्स जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ।

सन् १९५८ पछि पहिलो पटक विश्वकपमा फर्किएको वेल्सको स्थानीय समय अनुसार बिहान १० बजेदेखि खेल हुनेहुँदा विद्यालय नै विदा दिइएको छ।

अर्कोतर्फ अघिल्लो वर्षको विश्वकप गुमाएको अमेरिकाले पुनरागमन गरेको छ। विश्वकपको समूह चरण पाँच पटक पार गरेको अमेरिका इतिहासबाटै युरोपेली मुलुकसँग संघर्ष गर्दै आएको छ।

आइतवारबाट सुरुभएको विश्वकपमा ३२ मुलुकलाई ८ समूहमा विभाजन गरिएको छ। गएराति सम्पन्न उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई हराउँदै विश्वकपमा सानदार सुरुवात गरेको थियो।

सम्बाददाता

Leave a Reply

Next Post

यी घातक खेलाडीलाई टिम बाहिर राख्दै इङ्ल्यान्डविरुद्धको टेस्ट खेल्ने पाकिस्तानी टिम घोषणा

Mon Nov 21 , 2022
काठमाडौँ । पाकिस्तानले इङ्ल्यान्डविरुद्ध डिसेम्बरमा हुने तीन खेलको विश्व टेस्ट च्याम्पियनसिपका लागि १८ सदस्यीय टिमको घोषणा गरेको छ। सन् २००५ पछि पहिलो पटक इङ्ल्यान्ड टेस्ट शृंखलाका लागि पाकिस्तान भ्रमणमा निस्कने तयारीमा छ। रावलपिन्डीले पहिलो खेलको आयोजना गर्नेछ भने त्यसपछि दोस्रो र तेस्रो टेस्ट क्रमश: कराची र मुल्तानमा हुनेछ। विश्व टेस्ट […]

You May Like

error: