काठमाडौँ ।
हार्दिक पाण्ड्याको कप्तानीमा भारतीय टोलीले न्युजिल्याण्डलाई ६५ रनले शानदार ढंगले पराजित गरेको छ। भारतका बलर र ब्याट्सम्यान दुवैले उत्कृष्ट खेल देखाए ।
सूर्यकुमार यादवले शतकिया पारि खेल्दै सबैको मन जिते । खेलमा जितसँगै भारतले अष्ट्रेलियालाई पछि पार्दै ठूलो कीर्तिमान बनाएको छ । आउनुहोस त्यसको बारेमा जानौं।
टीम इन्डियाले बनाएको कीर्तिमान:
न्युजिल्यान्डविरुद्धको खेलमा प्रवेश गर्ने बित्तिकै भारतीय टोली एक क्यालेन्डर वर्षमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने टोली बनेको छ। भारतले यसमा अष्ट्रेलियालाई पछि पारेको छ ।
भारतले सन् २०२२ मा ६२ अन्तर्राष्ट्रिय खेल खेलेको छ । यसअघि यो कीर्तिमान सन् २००९ मा ६१ खेल खेलेको अस्ट्रेलियाको नाममा थियो । यसअघि कुनै पनि टोलीले एक वर्षमा ६० खेल पनि खेल्न सकेको छैनन।
भारतले सन् २०२२ मा सबैभन्दा बढी ६२ अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमा अधिकतम ३९ टी-२० खेल, १८ एकदिवसीय र ५ टेस्ट म्याच समावेश छन्। यस वर्षको द्विपक्षीय शृङ्खलामा भारतले उत्कृष्ट प्रदर्शन गरेको छ ।
एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै खेल खेल्ने टोलीहरु:
भारतले सन् २०२२ मा ६२ खेल खेलेको छ।
अस्ट्रेलिया सन् २००९ मा ६० खेल खेलेको थियो।
श्रीलंकाले सन् २०१७ मा ५७ खेल खेलेको थियो।
सन् २००७ मा भारतले ५५ खेल खेलेको थियो।
पाकिस्तानले सन् २०१३ मा ५४ खेल खेलेको थियो।
टिम इन्डियाले टी-२० विश्वकप २०२२ बाहेक द्विपक्षीय शृङ्खलामा राम्रो प्रदर्शन गरेको छ। टीम इन्डियाले न्यूजिल्याण्डलाई जिताउन १९२ रनको लक्ष्य दिएको थियो, जुन किवी टोलिले हासिल गर्न सकेन र खेल ६५ रनले पराजित भयो।
भारतीय टोलीका स्टार ब्याट्सम्यान सूर्यकुमार यादवले शतकीय पारी खेले । उनले जमिनभरि स्ट्रोक प्रहार गरे। उनले ५१ बलमा १११ रनको इनिङ खेले।