युएई बिरुद्दको जितपछि प्रशिक्षक प्रभाकरले दिए ठुलो बयान, अर्जुन-आसीफको खुलेरै गरे प्रशंसा

काठमाडौं ।

संयुक्त अरब इमिरेट्स ‘युएई’ लाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेपालले तीन एकदिवसीय क्रिकेट शृंखलामा जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा प्राप्त जितसँगै नेपालले घरेलु मैदानमा शृंखला २–१ ले जितेको हो ।

युएईसँगको शृंखला जिताएका नेपाली प्रशिक्षक मनोज प्रभाकरले यो विजय नामिबिया भ्रमणअघि नेपालका लागि आदर्श तयारी भएको बताएका छन् । शृंखला जितेपछि प्रशिक्षक प्रभाकरले एकदिवशीय शैलीमा रुपान्तरण हुन खेलाडीलाई आह्वानसमेत गरेका छन् ।

‘मैले उनीहरुलाई भन्दै आएको छु कि तिमीहरु ठूलो शट र रनका लागि प्रयास गर्नुभन्दा विकेट टिकाएर खेल्नेतिर लाग । विकेटको अवस्थालाई हेरेर खेल्ने शैली बनाउन सकियो भने हामीले जहाँ पनि राम्रो क्रिकेट खेल्न सक्छौं,’ पत्रकारहरुसँग कुरा गर्दै प्रभाकरले भने ।

नामिबिया जानुअघि सुधार गर्नुपर्ने पक्षबारे प्रशिक्षक भन्छन्, ‘मेरो विचारमा अझै अपरिपक्वता बाँकी छ । जब उनीहरुले केहि गल्ती गर्छन् म सधैं भन्ने गर्छु कि कमजोरीबाट सिक्ने हो त्यसलाई दोहोर्‍याइरहनु हुँदैन ।’

प्रशिक्षक प्रभाकरले युएईविरुद्ध तीनै खेलमा ओपनिङ गरेका अर्जुन साउद र आशिफ शेखको जोडीलाई नेपालमा भएका अहिलेसम्मकै उत्कृष्ट भनेका छन् ।

‘उनीहरुले धेरै राम्रो खेलिरहेका छन् । उनीहरुले केन्यामा राम्रो खेले र यहाँ युएईसँग जसरी खेले मेरो विचारमा आजको दिनसम्म नेपाली टिमको सर्वोत्कृष्ट ओपनिङ जोडी यही हो,’ एकदिवशीयमा स्थायी ओपनरतर्फ संकेत गर्दै उनले भने, ‘उनीहरुले धेरैभन्दा धेरै समय पिचमा बिताउनुपर्नेछ ।’

शृंखला जिते पनि प्रशिक्षक प्रभाकर तुलनात्मक रुपमा ब्याटिङमा सन्तुष्ट देखिएनन् । नेपाली ब्याटरहरु आफ्नो विकेट बचाउन प्रयास नगर्ने समस्या समाधान हुन नसकेकोमा उनको असन्तुष्टि थियो ।

‘उनीहरुले अझै सिक्न बाँकी छ । जसरी रनआउट भइरहेका छन् र जसरी विकेट फालिरहेका छन्…,’ उनले थपे, ‘सुरुको २ विकेट गएपछि दवाव बढ्न थाल्छ । त्यतिबेला उनीहरुले कसरी दवावको सामाना गर्ने भनेर सोच्नुपर्छ । आशा छ उनीहरुले कमजोरी कम गर्दै सिक्नेछन् ।’

शुक्रबारको तेस्रो खेलमा आशिफ र ज्ञानेन्द्रको प्रदर्शनको भने उनले प्रसंशा गरे । भने, ‘म राम्रो सुरुवात लागि प्रयास गरिरहेको छु । एउटा आधार तयार पार्ने योजना छ । राम्रो सुरुवात भयो भने पछिका ब्याटरहरुलाई दवाव कम हुन्छ ।’

सम्बाददाता

Leave a Reply

Next Post

भारत र न्युजिल्यान्डबीचको दोस्रो टी–२० खेलमा पनि छायो संकटको बादल

Fri Nov 18 , 2022
काठमाडौँ । भारत र न्युजिल्यान्डबीचको टी–२० सिरिज सुरु भइसकेको छ, तर पहिलो खेल हुन नसकेको र वर्षाले बग्नु अर्को कुरा हो । अब सबै क्रिकेट फ्यानहरुको नजर अर्को खेलमा छ । अब जुन २० नोभेम्बरमा दोश्रो खेल खेलिनेछ । खेल माउन्ट माउन्गानुईमा हुनेछ । पहिलो खेल रद्द भएपछि अब टीम […]

You May Like

error: